बाँकेबाट एक बर्षमा ८ हजारबढी वैदेशिक रोजगारीमा गए

नेपालगन्ज : बाँके जिल्लाबाट आव २०७८-७९ मा मलेसिया, खाडी तथा तेस्रो मुलुकमा वैदेशिक रोजगारेमा जानेको संख्या ८ हजार ९७ रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक रोजगारेमा जाने जिल्ला नवलपरासी रहेको छ । नवलपरासीबाट आव २०७८-७९ मा २० हजार ९ सय ७३ जना वैदेशिक रोजगारेमा गएका छन् भने सबैभन्दा कम रुकुमबाट ४ हजार २ सय ४७ जना विदेश गएका छन् ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेले मंगलबार नेपालगन्जमा एक कार्यक्रम गरी सोको जानकारी दिएको हो ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेले नेपालगन्जमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गर्दै सामीले बाँकेको चारवटा (नेपालगन्ज, खजुरा, बैजनाथ र कोहलपुर) स्थानीय तहमा कार्यक्रम संचालनमा रहेको जानकारी दिएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेले वैदेशिक रोजगार सम्बन्धि सूचना सम्प्रेषण, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता, न्यायमा पहुँच र सीप विकास तालिम दिने गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीले बताए  ।

२०६७ सालमा दुई जिल्लाबाट काम गर्न शुरु गरेको सामी कार्यक्रम अहिले ३९ जिल्लाको एक सय ५६ वटा पालिकामा सञ्चालनमा रहेको सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले जानकारी दिनुभयो ।

सामीले सही सूचना र सीप सिकेर विदेश जान सल्लाह दिने, समस्यामा परेकालाई कानूनी सहायता गर्ने, मनोसामाजिक परामर्श दिने, विदेशमा कमाएको पैसाको व्यवस्थापन गर्न सिकाउने, सीपमूलक तालिम दिने गरेको छ ।

प्रतिक्रिया