नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेको आयोजनामा ३०औं विश्व आदिवासी दिवस सम्पन्न

नेपालगन्ज : नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेको आयोजनामा ३०औं विश्व आदिवासी दिवस हिजो भव्यतासाथ सम्पन्न भएको छ ।

जनक पहराई मगरको संयोजकत्वमा प्रमुख अतिथी मा. न्यायाधीश चन्द्र बहादुर सारु मगर, विशिष्ट अतिथि/प्रमुख बक्ता आदिवासी युवा महासंघ, संघीय परिषद सदस्य राम अस्लामी मगर, मा.न्यायाधीश टंक प्रसाद गुरुङ्ग, आदिवासी जनजाति महासंघ, जिल्ला अध्यक्ष डम्बरबहादुर थापा, पुर्व उपमेयर उमा थापा मगर, नेपाल मगर संघका केन्द्रिय सदस्य चेत बहादुर थापा, नेपालगन्ज उधोग बाणिज्य संघ का पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र सन्जय थापा मगर लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा बाँकेका मगर, थारु, नेवार, तामाङ, शेर्पा , राई र लिम्बू लगायत जातीयको उपस्थितिमा बाँके नेपालगन्ज न्युरोड बोैंद्ध गुम्बामा भएको ३०औं विश्व आदिवासी दिवस कार्यक्रममा उल्लेखनीय जनमानसको उपस्थिति रहेको थियोे ।

विश्व आदिवासी दिवस मनाइ राख्दा हामीले नेपालको इतिहास लेख्ने मुलबासी नेपाल आदिवासीको इतिहास नाम कहिल्यै लेखिएन मात्र राजनैतिक दल ,पार्टीले हाम्रो देश भन्दै बारम्बार देशलाई अल्झाई राखेको इतिहास हामीलाई थाहा नै छ। जनजाति भित्रका जातीय संख्या के कति छ भन्दा नि हामी जनजाति कति छोै भन्ने धारणा राखेर हाम्रो पहिचान इतिहास खोज्न जरुरी रहेको विशिष्ट अतिथि/प्रमुख बक्ता आदिवासी युवा महासंघ, संघीय परिषद सदस्य राम अस्लामी मगरले बताउनु भयो ।

जागिरकै सिलसिलामा बाँकेमा रहेर यसरी मगर, जनजाति कार्यक्रम मनाउन पाउनु मेरो सोैंभाग्य रहेको प्रमुख अतिथि तुल्सीपुर उच्च अदालत बाँकेका मा. न्यायाधीश चन्द्र बहादुर सारु मगरले बताउनुभयो ।

उता कार्यक्रमका संयोजक जनक पहराइ मगरले बाँकेमा पहिलोपटक आदिवासी युवा महासंघले यस्तो कार्यक्रम गरेकोमा हामी निकै खुसि रहेको र कार्यक्रममा सहयोग गर्नु हुने विभिन्न व्यक्ति , जातीय संघ संस्था र नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका सम्पुर्ण कार्य समितिलाई धन्यवाद दिएका थिए ।

बाँके नेपालगन्ज न्युरोड बोैंद्ध गुम्बामा भएको ३०औं विश्व आदिवासी दिवस कार्यक्रमको संचालक छिरिङ लाल थापा मगरले गर्नु भएको थियोे ।

प्रतिक्रिया