राष्ट्रिय युवा संघको राजनीतिमा जमेका सुनिल रसाइली

बैजनाथ गाउँपालिका कम्युनिष्ट आन्दोलनको जग बसालिएको क्षेत्र हो । कम्युनिष्टहरुको लाल किल्ला मानिने गर्छ । त्यहीँ बैजनाथ गाउँपालिकामा २०६४ साल देखी नै राजनीतिको सुरुवात गरेका सुनिल रसाइली एमाले वडा कमिटी सदस्य थिए ।

पारिवारिक राजनैतिक माहोल र एमालेको विचारधाराको पाठ सानैदेखि सिक्दै आएका सुनिल रसाइलीको राजनैतिक यात्रा भने २०७२ मा युवा संघमा मोडियो । रसाइली त्यसबेला युवा संघ नेपालको गाउँकमिटी सदस्य बनेका थिए ।

राजनीतिको मूल उद्देश्य समाज परिवर्तनको हुनु पर्ने बताउने रसाइली २०७३ मा युवा संघ नेपालको जिल्ला कमिटी सदस्य हुँदै २०७९ मा राष्ट्रिय युवा संघ नेपालको सह-सचिव र २०८० मा सचिव भइ राष्ट्रिय युवा संघको राजनितीमा संलग्न हुनुहुन्छ ।

नेपालमा राजनीति प्रती युवाको गलत धारणा बन्दै गएको छ । यसले राजनितिलाई मात्रै होईन राष्ट्रको लागी घातक हुने देखिन्छ तसर्थ राजनीतिमा युवा सहभागीता हुनु आवश्यक छ भन्ने मलाई लाग्थ्यो र मेरो पारिवारिक स्थिति पनि राजनैतिक माहोल अनुकुल रहेकाले सेवाभावका साथ युवा संघको राजनितीमा लागेको हो र त्यसयता क्रमशः संगठन र पार्टीको काममा दिनरात नभनी खटिएको छु र पछिल्लो युवा संघको कार्यक्रमहरुले पनि त्यसलाई पुष्टि गरेको छ ।, रसाइली बताउछन् ।

मुलुकको हरेक परिवर्तनमा युवाको भूमिका सधै अहम रहेको छ । युवालाई राजनितिबाट बाहिर राख्न नसकिने र विभिन्न कारणले गर्दा अहिलेका युवा पुस्ता राजनितिबाट टाढिएको पाइन्छ ।

यस्तोमा रसाइली राजनिति सबैका लागी हुनु पर्छ भन्ने जिकिर गर्छन्। मुलुकलाई सहि मार्गमा ल्याउन युवाले आफनो भुमिका खेल्ने बेला आएको छ । र त्यसको अगुवाइ राष्ट्रिय युवा संघले गरेको सबैमा सर्वबिधितै छ, बाँकेमा पनि राष्ट्रिय युवा संघ नेपालले हरेक गतिविधिलाई गाउँ र टोलसम्म लिएर गएका छौं, आम युवा समक्ष पुराएका छौं त्यसैले राष्ट्रिय युवा संघसंग युवाहरु जोडिदै जानुभएको छ । रसाइलीले बताउँछन् ।

बाँकेका सबैजसो स्थानीयतहमा पुगेर संगठनको कामकाज देखी युवाहरु परिचालन र उत्प्रेरित गर्ने काममा अब्बल मानिएका राष्ट्रिय युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइली सहयोगी युवा नेताको रुपमा जिल्लामा उभ्रीदै गएका छन् ।

२०७९ फाल्गुन २१ गते नेपालगन्जमा सम्पन्न अधिवेशनबाट ज्ञानेन्द्रराज ओलीको नेतृत्वमा सर्वसम्मत राष्ट्रिय युवा संघ बाँकेको कमिटी बन्यो उक्त कमिटिका सह-सचिव सर्वसम्मत चुनिएका सुनिल रसाइली २०८० मा सचिवमा मनोनीत भएका थिए ।

नेपालमा राजनीति प्रती युवाको गलत धारणा बन्दै गएको छ । यसले राजनितिलाई मात्रै होईन राष्ट्रको लागी घातक हुने देखिन्छ तसर्थ राजनीतिमा युवा सहभागीता हुनु आवश्यक छ भन्ने मलाई लाग्थ्यो र मेरो पारिवारिक स्थिति पनि राजनैतिक माहोल अनुकुल रहेकाले सेवाभावका साथ युवा संघको राजनितीमा लागेको हो र त्यसयता क्रमशः संगठन र पार्टीको काममा दिनरात नभनी खटिएको छु र पछिल्लो युवा संघको कार्यक्रमहरुले पनि त्यसलाई पुष्टि गरेको छ ।, रसाइली बताउछन् ।

मुलुकको हरेक परिवर्तनमा युवाको भूमिका सधै अहम रहेको छ । युवालाई राजनितिबाट बाहिर राख्न नसकिने र विभिन्न कारणले गर्दा अहिलेका युवा पुस्ता राजनितिबाट टाढिएको पाइन्छ ।

राजनिति सबैका लागी हुनु पर्छ । मुलुकलाई सहि मार्गमा ल्याउन युवाले आफनो भुमिका खेल्ने बेला आएको छ । र त्यसको अगुवाइ राष्ट्रिय युवा संघले गरेको सबैमा सर्वबिधितै छ, बाँकेमा पनि राष्ट्रिय युवा संघ नेपालले हरेक गतिविधिलाई गाउँ र टोलसम्म लिएर गएका छौं, आम युवा समक्ष पुराएका छौं त्यसैले राष्ट्रिय युवा संघसंग युवाहरु जोडिदै जानुभएको छ । रसाइलीले बताउँछन् ।

साथै संगठनको कामकाजमा अब्बल देखिदै आएका रसाइली राष्ट्रिय युवा संघ नेपाल बाँकेको इतिहासलाई जिवन्त राख्न र युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न देशमै स्वरोजगार सृजना गर्नुपर्ने धारणाका साथ युवाहरुलाई बाटो देखाउने काममा समेत अग्रसर भएका कारण जिल्लामा सहयोगी युवा नेताको उपमा पाएका छन् ।

प्रतिक्रिया