नेपालगन्ज :

क्यान इन्फोटेकको समापन समारोहमा एसोसको ल्यापटप लन्चिङ्ग गरिएको छ ।
यस अघि राजधानीमा मात्र उपलब्ध एसोसको जेनबुक ड्युल कम्पुटेक्स पहिलो पटक राजधानी बाहिर नेपालगन्जमा लन्चिङग भएको हो ।
क्यान बाँकेका अध्यक्ष रमणि प्रसाद शर्मा, क्यान केन्द्रीय उपाध्यक्ष रेशम गिरी, क्यान प्रदेश नं ५ का अध्यक्ष रोशन कंडेल , क्यान केन्द्रीय सदस्य धुव्रराज शर्मा, लेखा संयोजक भिमसेन गिरी लगायतले सार्वजनिक गरेको एसोस जेनबुक जिओ ड्युल स्क्रिन ल्यापटप विशेषगरी गेमिङमा रुचि हुनेहरुको लागी फलदायी हुने छ ।
आइ ७ सिपियु र १००० जिबिको हार्ड डिक्स रहेको यो ल्यापटपको मूल्य नेपालगन्जमा दुई लाख पच्चीस हजार रहने छ भने एसोसले ल्यापटपमा दुई बर्षको वारेन्टी दिएको छ ।

ल्यापटपको अधिक जानकारीको लागि यो लिन्कमा गएर हेर्न सकिनेछ
Asus zenbook dual screen









