राझाँमा टेलिकमको पुरानो पिएसटिएन सेवा बिस्थापित भै नयाँ एफटिटिएच सेवामा रुपान्तरण

नेपालगन्ज :

नेपाल दुर सञ्चार कार्यालय बाँकेले बाँकेको राझा क्षेत्रमा रहेको आफ्नो पुरानो प्रबिधिको पिएसटिएन (PSTN) कपर टेलिफोन सेवालाई आइतबार देखी पुर्णतया नयाँ प्रबिधिमा परिणत गरेको छ ।

आइतबार राझा क्षेत्रको पिएसटिएन प्रबिधिलाई नयाँ प्रबिधिको फाइबर टु दि होम (FTTH) मा रुपान्तरण गरेको हो ।

टेलिकमले पिएसटिएन प्रबिधिलाई नयाँ प्रबिधिको फाइबर टु दि होम (FTTH) मा पहिलो पटक बाग्लुङ्गको बेनिमा रुपान्तरण गरेको थियो ।

नेपालमै बाग्लुङ पछि नेपालगन्जको राझामा उक्त नयाँ प्रविधिमा लैजाने कार्य सम्पन्न भएको टेलिकमका क्षेत्रीय निर्देशक अनन्त प्रकाश मल्लिकले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया