
सोमबार रातिदेखि देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ ।
महाशाखाका अनुसार केही ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा मौसमी प्रणाली अलि धेरै सक्रिय रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख ९ गते (मंगलबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
राति : देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जनर चट्याङर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
बैशाख १० गते (बुधबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। अपरान्हपश्चात् पहाडी भू(भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
राति : देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ११ गते (बिहीबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू(भागका थेरै केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू(भागका थेरै केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।









