गणेश बिक

पृष्ठभूमी : यत्कर्म कुर्वतास्य स्यात्
परितोषोकन्तरात्मन: ।
तत् प्रयत्नेनकुर्वीत
विपरीतं तु वर्जयेत् ।।
जुन काम गर्दा भित्री आत्मालाई सन्तोष हुन्छ,त्यही काम प्रयत्नपुर्वक गर्नुपर्छ।त्यसको विपरीत (सन्तोष नहुने) काम गर्नछाडिदिनु पर्छ। आत्मसन्तोष
मेरो लेखनको उद्देश्य र लक्ष्य स्वान्तस् सुखायू मात्रै हो। महाभारत जस्तो महाकाव्यको व्याख्या, विश्लेषण र पोयट्रीकजस्टिस गर्ने दुस्साहस र बुता म नाथे गणेश संग छैन। उसो त यो शब्द कसिङ्गर या शब्दको थुप्रो मात्र भएको एकभखराब लेखोट पनि हुन सक्छ । यति मात्रै भन्छु यो लेखोट पढेर पाठकहरुलाई महाभारत जलको तिर्खा लाग्यो भने त्यो मेरो लागि ठूलो उपलब्धि हुनेछ।
लेखनमा भएका त्रुटि र सिर्जनात्मक कमजोरीको अपजस र सर्वाधिकार नाथे गणेश को (फेरि श्री गणेश भनेर बुझिदिनु होलार वित्यास पर्ला) र जस जति सम्पुर्ण जनको।
आज्ञाले
विषय प्रवेश पुर्व
महाभारत वैशिष्ट्यम
धर्मे चार्थे च कामे च
मोक्षे च भरतर्षभ |
यदिहास्तितदयन्त्र
यन्नेहास्ति न तत् क्वचित
म.आदि .६२|५३
जुन कुरा यहाँ (महाभारत ) छ, त्यो संसारमा कहीँ न कहीँ अवश्य भेटिने छ। जुन कुरा यहाँ छैन, त्यो संसारमा कहीँ पनि भेटिने छैन। महाभारतको आदि पर्वमा उल्लेखित यो एक श्लोकबाटै महाभारतको विशालताको अनुमान गर्न सकिन्छ। हिन्दुहरुको धर्मग्रन्थ मध्ये सबै भन्दा ठूलो ग्रन्थको रुपमा प्रस्तुत भएको महाभारतलाई पाँचौ वेद समेत भनिन्छ। विश्वकै सर्वश्रेष्ठ , ऐतिहासिक र मुल्यवान यस पुस्तकमा न्याय , शिक्षा, चिकित्सा , ज्योतिष , युद्धनीति, योगशास्त्र, अर्थशास्त्र , वास्तुशास्त्र, कामशास्त्र, खगोल विधा र धर्मशास्त्रको सविस्तार वर्णन गरिएको छ। मनुष्यलाई धर्म, कर्म, ज्ञान, मोक्ष र नैतिक मूल्य मान्यता ज्ञात गराउन मिहिन ढंगले कोशिस गरिएको यस महाकाव्यमा बहुचर्चितश्रीमद्भगवद्गीताका अलवा भीष्म नीति, विदुर नीति, पराशर गीता, यक्ष (युधिष्टर संवाद, धृतराष्ट्र )संजय संवादलाई पनि विशेष महत्व दिइएको छ।
महाभारतलाई धेरैले स्मृति [फ्ल्यासब्याक] ग्रन्थ भने पनि यो फ्ल्यासब्याक स्टोरी मात्रै नभएर आगतको (फोरटोल्ड स्टोरी) पनि हो। यहाँ कोही पनि पात्र पुर्ण छैनन। सबैमा केही गुण केही अवगुण , केही धर्मर केही पाप पाइन्छ। सबै पात्र आफ्नो पुर्व जन्मको कारणले एवम प्रारब्धको खेलाले आफ्नो भुमिका निभाउन अभिशप्त छन। आदि पर्वमा यस्ता पुर्वजन्मको पुर्ण विवरण छ। महाभारत पढ्न अभिलाषा राख्नेलाई आदि पर्व अझ चाख लाग्दो खुराक हुन सक्छ।
विषय प्रवेश
कृष्ण :
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यह्म।। ७।।
श्रीमद्भगवतगीता (अ.४)
जहाँ जहाँ र जहिले जहिले धर्मको पतन र अधर्मको बढित्तरी हुन लाग्छ, त्यस समय त्यस ठाउँमा मैले अवतार लिन्छु।
महाभारतका सुत्रधार एवम्श्रीमद्भगवतगीता रचियताश्रीकृष्णको जन्म वसुदेव र देवकी को आठौं सन्तानको रुपमा भएको हुन्छ। हिन्दु धर्मशास्त्र अनुसार श्री कृष्णलाई भगवान विष्णुको दशअवतार मध्येको एक अवतार मानिन्छ।भविष्यवाणीका अनुसार अत्याचारी कंशको वध गर्न र अधर्म एवम खराब प्रवृतिको समाप्तिको लागि श्री कृष्णको जन्म भएको हो। श्रीकृष्णले महाभारत युद्धको दौरान प्रमुख रणनीतिकारको भुमिका निभाएर पाण्डवलाई युद्धमा विजयी वनाएका थिए।महाभारतको युद्धको प्रमुख कारण कृष्ण भएको निर्क्यौल गरि कौरवहरुकि माता गान्धारीले दिएको श्रापका कारण एक व्याधाको वाणबाट मृत्यु हुन जान्छ। जीवनकाल भर कृति र यश कमाएका श्रीकृष्णको मलामी एकजना व्याधा मात्रै हुन्छ।
भीष्म (देवद्रत):
इच्छा मृत्युको वरदान पाएका भीष्म पितामह एक महान योद्धा रउत्तम नेतृत्वकर्ता थिए।महाभारतका यी मुख्य पात्र ऐतिहासिक हिसावले पनि प्रसिद्ध छन। अहिलेको पुस्ताले उनको जीवनबाट धेरै कुरा सिक्न सक्छन। यिनको वास्तविक नाम देवद्रत भएपनि भीष्म प्रतिज्ञाका कारण भिष्मका नामले इतिहासमा आफ्नो अस्तित्व दर्ज गराउन पुगे। महाभारतको युद्धमा १० दिन कौरव सेनाका अधिपति रहेका अष्टवशुहरुमध्येका एक शांतनु गंगापुत्र भीष्म ले ५८ औँ दिन तिरऔविस्तारमा रहेर आफ्नो मर्जी अनुसार शरीर त्याग गर्छन।इच्छा मृत्यु वरदान पाएकाभीष्मले अझैँ लामो समय बाँचिरहनवाचीरञ्जीवीहुनकिनखोजेनन।महाभारतले जवाफ नदिने प्रश्नहरु मध्येको एक प्रश्न यो पनि हो ?
द्रोणाचार्य :
पाण्डव अनि कौरवका गुरु द्रोणाचार्यलाई संसारकै पहिलो टेस्ट ट्युव वेवी भन्दा फरक नपर्ला ? ॠषि भारद्वाज र घृतार्चीअप्सराका पुत्र द्रोणाचार्यले गुरु परशुरामबाट विद्या हासिल गरेका हुन्छन। एकदिन ऋषि भारद्वाज गंगामा स्नान गर्न जाँदाघृतार्ची अप्सरालाई स्नान गर्दै गरेको देखी मन्त्रमुग्ध भई वीर्यपात गर्न पुग्छन। ऋषिले सो विर्यलाई माटोको भाँडा (कलश)मा जम्मा गरेर राख्छन्।द्रोण सोही माटोको भाँडाबाट जन्मेका हुन। द्रोणाचार्य अष्टचीरञ्जीवी मध्येका एकअश्वत्थामाका पिता एवम गुरु पनि हुन। एकलव्यको धनुर्विद्याको ईर्ष्या र अर्जुन प्रतिको आशक्तिले एकलव्यको बुढीऔंला गुरुदक्षिणा मागेका कारण आलोचित द्रोणाचार्यको मृत्यु छलपुर्वक ध्यानावस्थामा धृष्टधुम्न द्वारा हुन्छ ।
कृपाचार्य :
अष्टचीरञ्जीवी मध्येका एक कृपाचार्य कुरुवंशका कुलगुरु हुन।शरद्वान ऋषिको तपस्या भङ्ग गर्न इन्द्रले नामपदि९जामपदी रु०नामक देवकन्यालाई पठाए। ती देवकन्याको सौन्दर्यतामा शरद्वान ऋषि मन्त्रमुग्ध भएर वीर्यपात गर्दा वीर्यसंरकडा [काँस ] माथि स्खलित वीर्य स्खलन पश्चात् काँस दुइ भागमा विभक्त भई एकभागबाट कन्या कृपी (द्रोणाचार्यकोपत्नी एवम अश्वत्थामाको माता) र अर्को भागबाट कृपाचार्यको जन्म हुन्छ्।महाभारत युद्धमा कौरवको तर्फबाट लडेकाकृपाचार्य चिरञ्जीवी भएका कारण युद्धबाट बचेका र अझै सम्म जिवित रहेको विश्वास गरिन्छ।
कर्ण :
दुर्वास ॠषिले दिएको इच्छाएको देवता डाकेर सन्तान जन्माउनेु वरदानको परीक्षणको अभिलाषा सहित कुन्तीले सुर्यलाईआमन्त्रण गर्दा अनुहारमा सुर्यकै तेज र ज्यानमा कवचकुण्डल धारणा गरेर कर्णको जन्म हुन्छ। जन्मले क्षत्रिय र कर्मलेसुतपुत्र भएर जीवनभर अन्यायमा परेका कर्णको कथाले महाभारतमा धेरैलाई पिरोल्छ । महाभारतमा बिहे पुर्व मात्रै होइनबिहेपछि समेत सन्तान जन्माएर सम्मानित भएको अरु घटना हुँदाहुँदै ज्येष्ठ कुन्तीपुत्र कर्णलाई कुन्तीले खोलामा बगाउनुको ठोस उत्तर र काव्यिक न्याय भेटिदैन महाभारतमा शुरवीर र दानवीर कर्ण सधै छल र अन्यायको सिकार हुन्छन र अन्तमाछलपुर्वक नै मारिन्छन। यसरी सबैलाई पिरोल्ने कर्णकथाको लजिकल कोहेरेन्स आदि पर्वमा मात्रै भेटिन्छ र त्यसै अनुरुपथोरै पाठकको चित्त बुझाउने प्रयास गरिएको छ ।पुर्व जन्ममा दम्भोभ्दव नामक राक्षक रहेका कर्ण महाभारतमा आधा राक्षस र आधा सुर्यको गुण लिएर जन्मेका हुन्छन।
युधिष्ठर :
धैर्य,क्षमा,सत्यवादी जस्ता दिव्य गुणको केन्द्रमा रहेका युधिष्ठरधर्म र नीतिका ज्ञाता थिए । पाण्डवमा सबै भन्दा ज्येष्ठ युधिष्ठरधर्मराज र कुन्तीपुत्रहुन । धर्मपिता पाण्डु ऋषिकिंदमको श्रापका कारण सन्तानोत्पादनगर्न अक्षम रहेकाले कुन्तीद्वारा धर्मराजको जप गरी युधिष्ठरको जन्मभएको हो । भीष्म, द्रोण,कर्ण,अर्जुन,भीम जस्ता नायकहरुको भीडमा साधारण जस्ता लाग्ने युधिष्ठरआफ्नो सत्य,धर्म,न्याय र नैतिकताप्रतिको निष्ठाले महाभारतमा छुट्टै पहिचानबनाउन सफल छन् । धर्मराजद्वारालिएको परीक्षा (यक्ष– युधिष्ठर संवाद) मासफलभइआफ्ना भाइहरु लाई बचाएका युधिष्ठर सशरीर स्वर्ग जाने एक्ला पाण्डव हुन ।
अर्जुन :
महाभारतको सर्वश्रेष्ठ धनुर्धारी अर्जुनदेवराजइन्द्र र कुन्तीकापुत्रहुन् । पाँचपाण्डवमा तेस्रा पाण्डव अर्जुन गुरु द्रोणाचार्यको परमप्रियशिष्य र श्री कृष्णका विशेष स्नेहकापात्रथिए । श्रीमद्भगवद्गीता जस्तो विशिष्ट ग्रन्थ कृष्ण–अर्जुन उवाच (संवाद)द्वारा नै प्रतिपादितभएको हो । अर्जुन जस्तो जिज्ञासु प्रश्नकर्ता नभएको भए श्रीमद्भगवद्गीताको सिर्जना नहुने एकथरीको अनुमान छ । यसैबाट पनि महाभारतमाउनको महत्व अनुमान लगाउन सकिन्छ । घोर तपस्या,साधना र अभ्यास द्वारा दिव्यास्त्र सहितको धनुर्विधामापारगंतअर्जुनले भीष्म,कर्ण,जयद्रथ जस्ता महारथीहरुको वध गरेका थिए । स्वयम् भगवानश्रीकृष्णले पथप्रदर्शन (सारथी) गरेका अर्जुन ‘नर’को अंशभएको कुरा श्रीमद्भगवद्गीतामा उल्लेख छ ।
भीमः
दशहजार हात्तीको बल भएका र गदायुद्धमा पारंगतभीम (भीमसेन) पितापवन (वायु) एव माता कुन्तीको पुत्रभीमपाँच पाण्डव मध्येका दोस्रो पाण्डव हुन् । महाभारत युद्धमा सबैभन्दा धेरै कौरवहरुको वध गरेका भीमले दुर्योधन र दुःशासनको पनिवध गरेका थिए । महावीर कर्णले प्रहार गरेको ‘अमोघ अस्त्र’ द्वारा मारिएकामहाबली घटोत्कच भीमका पुत्र थिए ।
नकुलः
नकुलको जन्म दैवीयचिकित्सकअश्वीनीकुमारहरुको वरदानबाट भएको हो । धर्मपिता पाण्डु र मातामाद्रीपुत्रनकुलको अर्थ परम विद्वानभनिएतापनिमहाभारतमायिनको चरित्र रुपवान,प्रेमपुर्ण र सुन्दर व्यक्तिको रुपमागरिएको छ । धर्मशास्त्र,चिकित्साशास्त्र क्षेत्रकाअदभुत् विद्वान मानिएका नकुलको रुपको तुलना महादेव संग गरिएको छ ।
सहदेव :
पाण्डव पुत्रमा सबैभन्दा कान्छा माद्रीपुत्र सहदेव त्रिकालदर्शी थिए भनिन्छ । किंदम ऋषिका श्राप पाएका पाण्डुले ब्रह्मचर्य साधना गरेर असाधारण शक्तिहासिल गरेका हुन्छन । पाण्डुले जुनदिन म मर्छु मेरो मृत शरीर वागिदीको भाग पाँच पुत्रहरुले खाउन् भन्ने अन्तिम इच्छा राखेका हुन्छन ताकि आफ्नो ज्ञान पुत्रहरुमा स्थानान्तरण होस । अरुले यो आज्ञा पालनानगरे पनि सहदेवले गरेका कारण त्रिकालदर्शी बनेका हुन्छन । महाभारत युद्धकहिले हुन्छ , कसले कसलाई मार्दछ जस्ता भविष्यका सबैकुरा ज्ञात हँदा पनि बताए पछि मृत्यु हुने कृष्णको श्रापका कारण कसैलाई बताउन सक्दैनन् । एकदम पीडादायी एवम् विवश अवस्थामा बाँचेका पात्रका रुपमा महाभारतमा सहदेवलाई प्रस्तुत गरिएको छ ।
महाभारतका चरित्रहरुको चित्रण र निर्वाहमा व्यासको कौशल अनुपम छ । प्रत्येक पात्र मार्फत सन्देश प्रवाह गरिएको महाभारत कौरव–पाण्डव बीचको युद्धको रुपमात्रनभएर भौतिकजीवनको क्षणिकता र नश्वरता , कर्तव्यपालना र धर्मको महŒव , आध्यात्मिक श्रेष्ठता र निष्काम कर्मको महŒवलाई सुक्ष्म ढंगले प्रस्तुत गरिएको छ।
र अन्तमा अफ द बिट कुरा महाभारत असाधारण चरित्रहरुको रंगमञ्चहो । विदुर, अश्वत्थामा,दुर्योधन,दुःशासन,धृतराष्ट्र,गान्धारी,कुन्ती,पाण्डु,माद्री,अभिमन्यु,घटोत्कच,युयुत्सु,वर्वरीकलगायतका महाभारत महाकाव्यको महापात्रहरुको महागाथा समय बन्धनका कारण वर्णन गर्न सकिएन । इतिहासको गर्भमागएर घडीको टिकटिक चाललाई रोकेर भएपनिकुनै दिन बाँकी महापात्रहरुको वर्णन गर्ने चेष्टा हुनेछ ।
धर्मएवहतो हन्तिधर्मो रक्षति रक्षितः।
तस्माद्धर्मो न हन्तव्यो मानो धर्मो हतोकवधीत्।
कृपया स्क्रीन स्क्रोल गर्नहोस।
सन्दर्भ स्रोत :
महाभारत – गीता प्रेस
दमहाभारत – ए क्रिटिज्म , सी।वी। वेदया
दमहाभारता – पिटर बु्रक
महाभारत टेलिसिरियल – बि।आर। चोपडा
भीष्मकाअंतद्र्वंद– योगेश दहिया
शकुनी – राजेन्द्र थापा
कर्णमाथिअन्यायनभएको भएअर्कै लेखिने थियो महाभारत कथा – हरी शर्मा
फ्ल्यासब्याक भर्सेस फोरटोल्ड स्टोरी – गनेश पौडेल
महाभारतको सार – नागरिक दैनिक
महाभारतमा यौनिकता – गनेश पौडेल
रामायण,महाभारत तुलनात्मकचर्चा – महेश कार्की
अमोदा आचार्य – त्धष्ततभच
दलित‘आइकन’बन्न सक्छन महाभारतका कर्ण – सुजित मैनाली,
नभएकाभएवाल्मिकी – सौरभ










