रामु ओली

बाँके प्रशासनले बिहीवार नै बाँकेको लकडाउनलाई थप कडाइ गर्ने सुचना जारी गरेको थियो । त्यसै अनुरुप शुक्रबार बिहान १० बजे पछि बजारको चहलपहल सुस्ताउदै थियो , त्यसैमा परेको झरिले पनि साथ दिदै थियो ।
तर एकाएक नेपालगन्जमा कोरोना पुष्टि भएको अपुस्ट खबरले नेपालगन्ज गरमागरम भयो । अनि जनतामा त्रास र खलबली मच्चियो । सामाजिक संजालमा अनेकन प्रतिक्रिया आए ।
कोरोना संक्रमण पुष्टि गर्न अनेकन जुक्ति खोजियो तर स्वास्थ्य मन्त्रालयले खबर पुष्टि नगरे सम्म मिडियामा आएन तर त्यो भन्दा अगावै नै त्यो खबरले तरङ्ग पैदा गरि सकेको थियो । स्वास्थ्य मन्त्रालयले गरिने पुष्टि आधिकारिकताको लागि मात्रै बन्यो ।
सरकारले (स्वास्थ्य मन्त्रालय) नेपालगन्जमा कोरोना संक्रमीत देखिएको पुष्टि नहुदै सामाजिक संजालमा जुन किसिमले अपुस्ट खबरहरु बाहिरिए त्यो कति सम्म जायज वा नाजायज थियो त्यो सम्बन्धीत निकायले नियमन गर्ने कुरो हो र त्यो अगल पाटो हो तर त्यसबाट जनमानसमा परेको जुन किसिमको घटनाक्रम बढ्दै जाने परिपाटि हाम्रो मा देखिएका छन् त्यो भने पक्कै राम्रो होईन ।
कतिपयले सामाजिक संजालमा संक्रमितको ब्यतिगत विवरण सहित पोस्ट गरे त्यो झनै निन्दनीय थियो । नेपाली मिडियाले समेत कोरोना भाइरस र त्यसले समाजमा पार्ने प्रभाव र मनोवृत्तिलाई मध्यनजर गर्दै ब्यक्तिगत विवरण र तस्वीर प्रकाशन र प्रसारण नगरेको अवस्थामा सामाजिक संजालमा त्यसरी तस्वीर र भिडियो बाहिरिनु त्यही गलत कदमको अनुसरण थियो कि भन्ने मेरो बुझाइ हो ।
कोरोना संक्रमणले हाम्रो शहर , हाम्रो देश मात्रै होइन विश्व समुदाह नै ग्रसित छ । हामिले हातेमालो गरेर नै यो भाइरस संग लड्नु छ अनो जित्नु छ मानव समुदायको अस्तित्व ।
त्यसैले सरकारले गरेको लकडाउनलाई हामिले पुर्णतया पालना गर्नै पर्ने छ । जुन नेपालगन्जले पालना गरेको जस्तो मलाई लाग्दैन। तर शुक्रबारको घटना क्रम पछि भने नेपालगन्जले बुझ्ने छ भन्ने बिश्वास छ ।
अनि त्यसै अनुरुप जुन किसिमको सकृयता शहरका चोक र गल्लिहरुमा प्रहरी-सेनाको देखियो त्यसले पक्कै भोलिका दिनमा नेपालगन्जको लकडाउन कडा हुनेछ र सबैले त्यसको पूर्णतः पालना गर्ने छन् भन्ने बिश्वास जागृत गराएको छ ।










