संसदको वजेट अधिवेशन वैशाख २६ गते

संसदको वजेट अधिवेशन वैशाख २६ गते

सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको आव्हानपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछन्। 

सामाजिक दूरी कायम गरी संसदको अधिवेशन गराउन व्यवस्था मिलाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए।

संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्छ।

प्रतिक्रिया