काठमाडौं :

हुन सक्छ तपाइले लकडाउन अगाडी यो एपको नाम सुन्नु नै भएको थिएन होला । हुन सक्छ अहिले सम्म पनि तपाइले यो एपको नाम सुन्नु भएको छैन होललकडउनको बिचमा बिश्वब्यापी रुपमा आफ्नो पकड बनाउन सफल एप कम्पनी को जुम ।
जुमको फाउन्डर हुन् एरिक युहान । एरिक पहिलो चोटि फोर्ब्स म्यागजिनको अर्बपतिको सुचिमा सामेल भएका छन् । फोर्ब्स म्यागजिनले एरिक युहानको हैसियत ७.८ अरब डलरको बताएको छ ।
इन्जिनियरका छोरा रहेका एरिकको जन्म चिनको सान्तोन प्रान्तमा भएको थियो । चिनमा इन्जिनियरको पढाइ अनि ४ बर्ष सम्म जापानमा नोकरी र दुनियाँको सबैभन्दा शक्तिशाली देश अमेरिका जानू एरिक युहानको सपना थियो ।
एरिकको अमेरिका पुग्नको लागि चाहिने भिजा ८ चोटि रद्ध भएको थियो । अनेक चुनौतिको सामना गर्दागर्दै एरिक युहान २७ बर्षको उमेरमा सन १९९७ मा सिलिकन भ्याली पुगे ।
अङ्ग्रेजीमा कमजोर उनी आफ्नो सिपले गर्दा अमेरिकामा छाउन खासै समय लागेन । टेक्नोलोजीको दुनियाँमा वेब भेक्स मार्फत उनले काम सुरु गरे । वेव बेक्सलाई सिस्को सिस्टमले खरिद गर्यो । यहाँ उनी इन्जिनियरिङ डिपार्टमेन्टको चिफ बने ।
सन २०११ मा उनले सिस्को सिस्टमको अधिकारीको एउटा यस्तो भिडियो कन्फ्रेस एपको डेभलपको आइडिया दिए जुन एपले डेक्सटप र ल्यापटपमा मात्रै होइन मोबाईलमा पनि काम गर्थ्यो ।
सिस्कोमा यो आइडिया खारिज गरिदियो । त्यसपछी उनले सिस्कोको जागिर छोडे आफैले जुम सुरु गर्नैका लागि ।
अन्लाईन पब्लिसिङ मिडियमलाई दिएको एक अन्तरवार्तामा एरिकले भनेका छन् – ‘जब मैले पहिलो चोटि जुमको कल्पना गरेको थिए त्यस समय म चिनको एक बिश्वबिद्धालयमा अध्यनरत थिए । आफ्नो गर्लफ्रेण्ड संग भेट्न लामो यात्रा गर्नु पर्थ्यो त्यतिबेला नै मैले यस्तो एउटा एपको कल्पना गरेको थिए , ताकी मलाइ गर्लफ्रेण्ड भेट्न त्यति टाढाको यात्रा गर्न नपरोस् ।’
यो त्यही सपना थियो जसको कारण एरिकले जुम जस्तो एप तयार गरे । तर त्यो सपना उति सजिलो थिएन । एपको लागि पैसा लगाउने ब्यक्ति खोज्न सजिलो थिएन एरिकको लागी । उनले कसैबाट पनि लगानी प्राप्त गरेनन् र अन्तमा उनले आफ्नै साथिभाइ संग नै पैसा सापटी लिएर यो एप निर्माण गरे ।
एरिकका अनुसार यदि हामिले कुनै ब्यवसाय सुरु गर्दै छौ भने त्यसको समय महत्त्वपूर्ण हुनेछ । स्मार्टफोन र क्लाउड स्टोरेज कम्पनीको बिस्तारले जुम जस्ता कम्पनीको लागि महत्त्वपुर्ण बन्यो ।
जुम कम्पनीले सफलता पाउने बिश्वास उनको पत्निलाई पनि थिएन तर मैले यो कोसिस गरिन भने मलाई जिन्दगीभर पछुतो हुनेछ भन्ने लागेर यो कम्पनी सुरु गरे – एरिकले फोर्ब्स संग बताएका थिए ।
अहिले त्यही एप दुनियाँ भरमा रहेका करोडौं ब्यक्तिहरु मोबाइल तथ कम्प्युटर स्क्रिन मार्फत आफ्नो ब्यवसायिक भिडियो कन्फ्रेस गर्दैछन् ।
गत बर्ष सम्म जुमले ठिक ठाक कारोबार गर्दै थियो । डिसेम्बर सम्म सबै ठिकठाक नै चल्दै थियो त्यसपछि भने अप्रत्याशित घटनाक्रम सुरु भयो ।
विश्वभरी कोरोना भाइरसको महामारी आयो । यसैबीच बिश्वका सबैजसो कम्पनीको कारोबार डुब्दै थियो भने जुमको शेयर १४ प्रतिशतले बढ्दै गयो ।
डिसेम्बर सम्म जुमको दैनिक १ करोड युजर थिए । मार्च सम्म यो आकडा २० करोड पुगेको छ । कम्पनीको आफ्नो आकडा अनुसार एप्रीलमा यो संख्या बढेर ३० करोड पुगेको छ । बजारको अनुमान अनुसर एरिकको सम्पत्ति यो तीन महिनामा ४ अरब डलर बढेको छ ।
किनकी पूरा बिश्व लकडाउनको सामना गरि रहेको र एक अर्कामा कुरा गर्नलाई र अफिसियल भिडियो कन्फ्रेसको लागि जुम एउटा सहज बनिदियो ।
हुनत माइक्रोसफ्टको स्काइप , गुगोलको ह्याङआउट जस्ता एप भए पनि जुम एउटा युजर फ्रेन्ड्ली एपको रुपमा रहेकोले यसले गत तीन महिनामै ब्यवसायिक दुनियाँमा छलाङ मार्न सफल बनेको छ ।
नेपाल मात्रै होइन विश्व भर एसका प्रयोगकर्ता रहेका छन् । हुनत जुमलाई सेक्युरिटीको कारण विभिन्न आरोप खेप्न परिरहेको छ । कारण यसमा लगातार ह्याकिङ्को समस्या देखा परेको बताइन्छ ।









