लकडाउन कहर : भाटभटेनिमा लामबद्द ग्राहक

नेपालगन्ज : कोरोना भाइरसको सन्त्रास र त्यसपछि सुरुभएको लकडाउनले सबैको दैनिकीमा असर गरिरहेको छ । उत्पादन ठप्प छ । कारोबार नगन्य मात्रामा छन् । तर मानिसका आवश्यक भने उस्तै नै हुन्छन् ।

लकडाउन होस या जुनसुकै बिपत्ति किन नहोस मानिसले जीवन निर्वाह गर्नै पर्छ । अत्यावश्यक खाद्यान्नको जोहो सबैलाई गर्नै पर्छ । बिगत ४५ दिन देखी गरिएको लकडाउनले नेपालगन्जको अवस्था त्यस्तै पारेको छ । खोजेको सामान हत्तपत्त नजिकको पसलमा पाइदैन । पाईहाले पनि मुल्यमा ठुलै फरक पर्छ । त्यसैले नेपालगन्ज मात्रै होईन नेपालगन्ज आसपासका मानिसहरु नेपालगन्ज स्थिति भाटभटेनि सम्म पुग्ने गरेका छन् ।

भाटभटेनिली ग्राहकहरुलाई लामबद्द रुपमा प्रवेश गराउने गरेको छ । सामाजिक दुरि कायम गर्नु पर्ने मान्यता अनुरुप त्यो प्रयास गरिए पनि ठुला सुपरमार्केट यो समयमा संचालन हुनु र त्यहा कायम गरिएका सावधानी कति सुरक्षित छ भन्ने प्रश्न चिन्ह भने कायमै रहेको छ ।

लकडाउन कहर : भाटभटेनिमा लामबद्द ग्राहक
फोटो सौजन्य : पुजा बिसी
लकडाउन कहर : भाटभटेनिमा लामबद्द ग्राहक
फोटो सौजन्य : पुजा बिसी

प्रतिक्रिया