देशभरका च्याउ उत्पादक किसान नेपालगन्जमा

बाँके :

देशभरका च्याउ उत्पादक किसान नेपालगन्जमा

मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान बाँके आइपुगेको छ । यहि पौष ९ गतेदेखी पूर्वको झापाबाट सुरु भएको यो अभियान नेपालगन्ज आइपुगेको हो ।

च्याउ किसानको हक, हित, च्याउको वजारीकरणलाई प्रोत्साहन दिने उद्येश्यले अभियानको सुरुवात गरीएको नेपाल च्याउ उत्पादनक संघ बाँकेका अध्यक्ष मिलन बस्नेतले बताए ।

उनका अनुसार, भोली सोमवार नेपालगन्जमा च्याउ किसानहरुको भेटघाट तथा अन्र्तक्रियाको आयोजना गरीएको छ ।

मध्यान्ह १२ वजे होटेल किचन हटमा आयोजना गरीएको कार्यक्रममा बाँकेका च्याउ उत्पादक, फर्म सन्चालक र समूहमा आवद्ध किसानका साथै अभियानका क्रममा बाँके आइपुगेका ३० गरी करीब १ सय बढिको सहभागीता रहने अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया