बाँके र बर्दियाका किसानलाई अनुदान वितरण गर्दै पशु विज्ञ केन्द्र

खगेन्द्र दाहाल/ नेपालगन्ज : भेटेरिनरि अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र नेपालगन्जले आर्थिक वर्ष २०७६÷०७७ मा प्रदान गर्ने अनुदानका कार्यक्रमको अन्तिम अनुगमन गरेको छ ।

प्रदेश नम्बर ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गत रहेको विज्ञ केन्द्रले बाँके र बर्दियाका २५ वटा कृषि सहकारी, फार्म, दुग्ध डेरी, मासु पसल, घाँसेबालि श्रोत केन्द्र, बाख्रा पालन, घाँसेबालि विउ उत्पादन, कुखुरा पालन गर्नेहरुलाई अनुदान दिन लागेको हो । विज्ञ केन्द्रले २५ कृषि उद्यमीहरुलाई यस वर्ष १ करोड ३६ लाख रुपैया बाँके र बर्दियाका किसानलहरुमा अनुदान सहयोग गर्ने भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले मासु र डेरीलाई २÷२ लाख दिने गरी ६ वटा मासु पसललाई १२ लाख, ६ वटा दुग्ध डेरीहरुलाई १२ लाख, घाँसेबालि श्रोत केन्द्र स्थापनाका लागी १०÷१० लाख गरि दुई फार्मलाई २० लाख, स्थानिय तहको सहकार्यमा एकिकृत फार्म स्थापनाका लागी २०÷२० लाख दिने गरी दुई वटा फार्मलाई ४० लाख, आयआर्जनका लागी बाख्रापालन कार्यक्रम ६÷६ लाख दिने गरी २ वटा फार्मलाई १२ लाख, घाँस तथा दाना उत्पादन साइलोपिट निर्माणका लागी एक वटा फार्मलाई १० लाख, पशु आहाराको लागी घाँसेबालि बीउ उत्पादन कन्ट्याक फार्ममिङ स्थापनाका लागी ५ लाख र पोषणका लागी स्थानिय कुखुरा पालनका लागी ५÷५ लाख गरि ५ वटा फार्मलाई २५ लाख दिने भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।

बास्तविक किसानका माझमा अनुदान दिन प्रत्येक किसान तथा कृषि उद्यमीहरुकोमा पुगेरै अनुगमन गरेर मात्र अनुदान दिन थालेको विज्ञ केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । अनुदानका लागी छनोटमा पर्नुभएकाहरुलाई पुनः अनुगमन गरेर सत्य तथ्य हेरेर मात्र अनुदान प्रदान गरिने प्रमुख अधिकारीले जनाउनुभयो ।

लकडाउनले गर्दा पुर्वाधार बनाउन ढिला भएकाहरुलाई निर्माण सकेपछि मात्र रकम उपलव्ध गराइने विज्ञ केन्द्रका योजना अधिकृत कर्मध्वज छत्यालले जानकारी दिनुभयो । यसका साथै विज्ञ केन्द्रले लकडाउनका बाबजुत पनि ६ वटा स्मार्ट कृषि गाउँ कार्यक्रम पनि सन्चालन गरेको छ ।

स्मार्ट कृषि गाउँका लागी २ पुराना सहित ४ नयाँ स्मार्ट गाउँलाई स्थानिय तहको सहकार्यमा प्रत्यक वर्ष प्रत्येक स्मार्ट कृषि गाउँका लागी ६० लाख लगानिमा कार्यक्रम सन्चालन भैरहेको अवस्था छ ।

प्रतिक्रिया