पराम्परागत ज्ञानको माध्यमबाट सिचाई गर्ने प्रर्णालीको व्यवस्थापन

दिल बहादुर केसि/ बर्दिया :

बर्दियाको राजापुर नगरपालिका–२ नयाँबस्थितमा पराम्परागत ज्ञानको माध्यमबाट हजारौं हेक्टर जमिनमा सिंचित गर्ने सिंचाइँ प्रर्णालीको व्यवस्थापन गरिएको छ । यो परम्पारगत अभ्यास सातौ पुस्तादेखि चल्दै आएको छ ।

बडघर रामचन्द्र चौधरीको निर्देशनपछि कृषक समूहका सचिव भीमबहादुर थारुले नानहाले । लठीले नाफेर कामको भागबन्डा लगाउने कामलाई नानहाल्ने भनिएको हो ।

पानीको मुल मुहानबाट खेतसम्म पुर्याउनु अघि कुलो सफाइ गर्ने गरिन्छ । त्यही सफा गर्नका लागि लठीले नाफेर स्थानीयबीच कामको भागबन्डा हुन्छ । र, आफ्नो भागमा परेको काम गर्छन् । यो बुढो कुलो सन्चालन गर्ने परम्परागत विधि हो । यो विधि सन्चालन गर्न समिति बनाइएको बुढीकुलो सन्चालन समितिका अध्यक्ष सोमप्रसाद चौधरीले बताए ।

नानहालेर कामको बाँडफाँड गरी बुढीकुलोको पानी वितरण गर्ने पराम्परागत अभ्यास कहिले देखि सुरु भयो एकिन छैन् । कुलो सन्चालन समितिका अध्यक्ष सोमप्रसाद थारु सातौ पुस्ता हो । उनको बुवाको निधनपछि थारुले कुलो बाँडफाँडको नेतृत्व गर्दै आएका छन ।

कुलो सफा गर्न नजानेले एक दिन बराबरको ज्याला तिर्नु पर्छ । स्थानीयहरु यसलाई खारा तिर्ने भन्छन् । बडघर, अध्यक्ष वा कुनै ठूलो पदमा बसेका व्यक्तिको हकमा पनि यो नियम लागू हुन्छ । बर्दिया जिल्लाको राजापुर क्षेत्र उर्वर भूमि हो ।

कर्णाली नदी र यसको एक भंगालो गेरुवा नदीबीच भएर बग्ने बुढीकुलोले अन्न उब्जाउन खुव सहज बनाएको छ ।

बुढीकुलोले राजापुर क्षेत्रको १० हजार ४ सय हेक्टर बढी क्षेत्रफलमा सिंचाइँ पुर्याएको छ । बारै महिना पानी हुने भएपछि किसानहरु पनि खुसी भएका छन् । कुलो बाँडफाँडमा ठाउँठाउँमा विवाद हुने गरेको छ ।

तर नयाँबस्तिमा कुलो वितरणमा भने अहिलेसम्म विवाद भएको छैन् । सन्चालन समितिले सबैको सहभागीता र सहकार्यमा समान दृष्टिकोणबाट लिने निर्णयले नै अहिलेसम्म नयाँबस्तिमा पराम्परागत ज्ञानको माध्यमले सिंचाइँको अभाव टर्दै आएको छ ।

प्रतिक्रिया