नेपालगन्ज :मानिसमा सर्ने ७० प्रतिशत रोग पशुपंक्षीबाट सर्ने हुदाँ थप सतर्कता अपनाउन आग्रह गरिएको छ । कोभिडका कारण अहिले भारतबाट नेपाल भित्रिने पशुपंक्षीमा कमि आएपनि थप कडाई गर्न आवश्यक रहेको नेपालगन्जमा एक कार्यक्रमका सहभागिले बताएका छन ।
पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा भएको पशु क्वारेन्टाइन सम्बन्धि क्वारेन्टाइन समन्वय बैठकमा बोल्नेहरुले पछिल्ला दिनमा शुरक्षा निकायहरुको सक्रियता बढेसगै भारतबाट अवैध रुपमा भित्रिने पशुपंक्षी आउन बन्द भएको जनाएका थिए ।
बाँकेका पमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गको अध्यक्षतामा बसेको समन्वय बैठकमा क्वारेन्टाइन कार्यालयका प्रमुख डा. भक्त निउरेले भइरहेका काम र गतिविधिका बारेमा प्रस्तुतिकारण दिनुभएको थियो ।
बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले कोभिड १९ सगै सिमा सुरक्षा, तथा अबैध गतिविधिलाई निर्मुल पार्न कटिबद्ध भएर लागेको बताउनुभएको थियो । बैठकमा बोल्दै कुखुरा व्यवसायि सघं बाँकेका अध्यक्ष लाल बहादुर खत्रिले शुरक्षा निकायको सक्रियतासगै चोरी पैठारी हुने क्रममा धेरै कमि आएको बताउदै अझै तरकारी तथा माछाहरु भित्रिरहेको गुनासो गर्नुभयो ।

उहाँले अबैध पशुपंक्षी समाउदा प्रयोगमा आएका सवारी साधन पनि लिलाम गर्नपर्नेमा जोड दिनुभयो । अध्यक्ष खत्रिले भन्सार र पशुसेवा सम्बन्धि ऐनमा त्रुटि रहेको बताउदै सच्याउन आव्हान गर्नुभयो । बैठकमा एक माछा व्यवसायिले भारतको बजार संग प्रतिस्पर्धा गर्न परेको बताएका थिए ।
उहाँले नेपालमा माछा पालन गर्ने किसानलाई सरकारको सहयोग कम रहेकाले पनि सोचे अनुरुप प्रगति हुन नसकेको बताउनुभयो । उहाँले बैठकमा बोल्दै एक महिनामा १ लाख सम्म विजुलिको शुल्क तिर्नु परिरहेको गुनासो गरेका थिए ।
बाँके र बर्दियामा पुग्ने माछा यहि उत्पादन भैरहेकोले भारतबाट भित्राउन आवश्यक नरहेको बताएका थिए । बैठकमा बाँके प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख , भन्सार कार्यालय प्रमुख , सहायक प्रमुख जिल्ला अधिकारी, कुखुरा व्यवसायि सघं, माछा व्यवसायि सघं, मासु व्यवसायि सघं तथा पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।










