विभिन्न कार्यक्रम गरी आज राष्ट्रिय च्याउ दिवस मनाइयो

आज देशभर राष्ट्रिय च्याउ दिवस मनाइएको छ । च्याउ उत्पादक किसान संघको आव्हानमा देशभर च्याउ उत्पादन गर्दे आएका किसानहरुले च्याउ दिवस मनाएका छन् ।

च्याउ उत्पादक किसान संघका अध्यक्ष प्रेम नारायण अधिकारीले च्याउ खेतीलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बनोस भनेर च्याउ दिवस मनाउन थालिएको बताउनुभयो । उहाँले च्याउ मानविय स्वास्थको लागि अत्यन्तै महत्वूर्ण रहेको बताउनुभयो । राज्यलाई च्याउमा आत्मनिर्भर बनाउन, नगदेबालीको रुपमा च्याउलाई स्थापित गर्न र समग्र किसानको हक हितको लागि च्याउ दिवस मनाइँदै आएको बताउनुभयो ।

गत बर्षसंघले च्याउ दिवसलाई राष्ट्रिय दिवसको रुपमा घोषणा गरेसँगै च्याउ दिवस मनाउन थालेको हो ।

प्रतिक्रिया