नतिजा आयो, अब नेतृत्वले सोच्नुपर्ने के ?

बिष्णु पाेखरेल

नतिजा आयो, अब नेतृत्वले सोच्नुपर्ने के ?

चुनावमा हारजित स्वभाविक हाे । हारजितले आपसी प्रतिष्ठा घट्याे या बढ्याे भन्ने नसाेचेर अब समग्र नेपालगन्जकाे व्यापारकाे ख्याती र विश्वास बढाउन जरुरी छ ।

चुनावकाे सिससिला र हारजितमा देखिएका कमजोरी खाेज्दै झगडा हैन अब उद्योग व्यापार व्यवसाय विस्तृतिकरण कसरी गर्ने यसकाे विकल्प खाेजिनु पर्छ, हारजित क्षणिक हाे, उत्कृष्ट व्यवसाय लक्ष हाे ।

हालकाे मुख्य द्वन्द्व त सिमापारीकाे अखाद्य र घटिया सामानकाे उपभाेग बन्द गराउनु पर्नेमा हाे, ५ किलाे भनेर खरिद गरि ल्याउने साढे ४ किलाे ताैलकाे हाे, देखाउदा चहकिलाे ताैलदा सडेगलेकाे ल्याउने वाध्यताकाे हाे ।

यस्तै व्यापारीले जिएसटि, बिमा, कर, भ्याट, तिर्ने; एक्जिम काेड लगायतका अनुमति र चाङका चाङ झन्झट पार गरेर ल्याउने अवस्थामाथि तस्करले टेबुल मुनि थाेेरै घुस दिएर ल्याएकाे संग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था हाे ।

उद्योगलाई ऋण सापटमा झण्झट थपिदै जाने, दर्ता प्रक्रियामा महाभारत झाङ्गिरहने, बत्तीको पावर बढाउन सकस भैरहने, कामदारको अनियन्त्रित बिराेध हडताल र ढिलासुस्तीले सकस थपिई रहने, अस्पस्ट सामाजिक सुरक्षा काेष, दक्ष कामदारकाे अभाव, ढुवानी समस्या आदि खातका खात समस्या पनि हुन जटिल गतिरोध ।

यसैगरी ट्याक्सकाे नाममा नियम विनियमकाे चाङ थपिरहने, पुरानो स्टकमा छापा हान्ने, खरिद र बिक्रीका नाममा हिज्जे नमिलेर मिसम्याच पार्ने, न्यून बिजकमा भन्सार गरिदिने अनि बिक्रेताले हिसाब मिलाउन नसक्दा मिसम्याच देखाउने समस्या हाे ।

यी सबै तह र तप्काबाट समस्याको तगारो थापी रहने प्रवृत्ति र एकएक गरि सबै व्यापारीले नाके नत्थी लगाएर सहनुपर्ने नियति नै मुल समस्या हुन नेपालगन्ज उद्योग व्यापारका।

यसतर्फ अब सबै मिलेर नेपालगन्जकाे व्यापारकाे हितमा जानु पर्ने देखिन्छ, रणनीति बनाउनु पर्छ, अब दीर्घकालीन समूह वा प्यानल हैन सबै व्यापारीले आपसमा हातेमालो हुनुपर्छ ! अब सबै साझा बन्नु पर्छ, आपसमा सम्मान बढनुपर्छ ।

चुनाव सम्पन्न भयाे, बिजेता सबैलाई बधाई छ, प्रतिस्पर्धामा रहेका अरुलाई पनि सम्मान छ, सबै मिलेर समृद्ध व्यापार, समृद्ध नेपालगन्ज बनाउन सक्रियता बढाउन अनुराेध गर्दै शुभकामना टक्र्याउछु, धन्यवाद !

प्रतिक्रिया