नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका कृषि शाखाले गाउँपालिकाका किसानलाई बाली प्रतियोगितामा सहभागीताको लागि आव्हान गरेको छ ।
पालिकाका किसानलाई बाली प्रतियोगिताको लागि सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र प्रतियोगिताका लागि आवेदन दिन आव्हान गरेको हो ।
पालिकामा उत्पादन भएको गहुँ र मसुरो बालिको लागि पालिकाले प्रतियोगिता गर्न लागेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १०/१० हजार र दोस्रो , तेस्रो र सान्त्वना हुने किसानलाई क्रमश ७ हजार , ५ ह्जार र ३ हजारका दरले पुरस्कृत गरिने पालिकाले जारी गरेको सुचनामा उल्लेख गरेको छ ।











