करमोहना स्मार्ट कृषि गाँउका किसानलाई पुर्व तयारी तालिम

नेपालगन्ज :

करमोहना स्मार्ट कृषि गाँउका किसानलाई पुर्व तयारी तालिम

व्यवसायिक मकै खेति सम्बन्धि बेलासपुर करमोहना स्मार्ट कृषि गाँउका किसानहरुका लागी  एक दिने तालिम सन्चालन गरिएको छ ।

स्मार्ट कृषि गाउँ, कृषि ज्ञान केन्द्र र सिमिट इन्टरनेशनलको सिसा परियोजनाको सयुक्त आयोजनामा तालिम सन्चालन गरिएको हो ।

मकै खेती प्रविधि, मकै खेतीमा प्रयोगहुने यान्त्रिकरण, मकैमा लागीरहेको अमेरिकन फौजिकिरा नियन्त्रण, मकैका जातहरु, मलखाद व्यवस्थापन, गोडमेल, सिचाई, रोग किरा व्यवस्थापन, भण्डारण  लगाएतका विषयमा किसानलाई तालिम प्रदान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए ।

ज्ञान केन्द्रले स्मार्ट कृषि गाँउहरुमा मकै खेती विस्तार गर्ने सोच लिएको भन्दै उन्नत जात लगाएर मकैमा यान्त्रीकरण तर्फ किसानलाई उन्मुख गराउन खोजेको प्रमुख ढकालले बताए ।

हिउँदे मकै बालि लगाउनु भन्दा अघि पुर्व तयारी तालिम प्रदान गर्दे किसानलाई माघ अन्तिम देखि फाल्गुनको पहिलो हप्तासम्म लगाउन ज्ञान केन्द्रले सुझाव दिएको छ ।

हाल बाँके र बर्दिया क्षेत्रमा मकैका उन्नतजातका साथै रामपुर हाईव्रिड १० र भारतिय जातहरु किसानले लगाउदै आएका छन । बाँके र बर्दियामा सिमिट सिसा सगं सहकार्य गरेर किसानलाई मकैबालि लगाउदा यान्त्रीकरणको प्रर्दशन गर्ने तयारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

मकै एक कठ्ठामा ३ देखि ४ क्इिटल सम्म उत्पादन हुने भएपछि किसानहरु हिउँदे मकैखेति गर्न थालेका हुन ।

जलबायु परिर्वतन भैरहेको बेला मकैखेतीलाई कुनै असर नगरी उत्पादन बढाउने भएकाले बसन्ते मकै लगाउन थालेको हिरमिनियाका किसान जयपाल मौर्याले बताए । बाँकेका स्मार्ट कृषि गाउँहरुमा झण्डै ७० विगाह, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना मकै जोन कार्यक्रम अन्तर्गत १२ सय हेक्टर क्षेत्रफलमा हिउदे मकै लगाइदै छ ।

त्यस्तै बर्दियामा स्मार्ट कृषि गाउँमा ५५ विगाह, बल्कमा ७० विगाह क्षेत्रफलमा मकै लगाइने लक्ष्य राखिएको छ । अझै केहि बल्क थपिने सम्भावना भएकाले मकैको क्षेत्रफल बढ्न सक्ने ज्ञानकेन्द्रले जनाएको छ । केहि किसानहरुले बेमौसमि मकै लगाइसकेका छन ।

किसानलाई कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकाल, सिमिट सिसाका बालि प्रजनन् विज्ञ डार्विन जोसी, कृषि इन्जिनियर पदम प्रसाद पौडेल, बालि विशेषज्ञ सुर्य बहादुर थापा, कृषि प्रावधिक हरि प्रसाद आचार्य लगाएतले तालिममा सहजिकरण गरेका थिए । 

प्रतिक्रिया