मुङ्ग खेती सम्बन्धि कार्यशाला

नेपालगन्ज :

मुङ्ग खेती सम्बन्धि कार्यशाला

मुङ्ग खेती सम्बन्धि एक दिने कार्यशाला गोष्ठी नेपालगन्जमा गरिएको छ । सिमिट इन्टरनेशनलद्धारा सञ्चालित सिसा परियोजनाको आयोजनामा एक दिने मुङ्ग खेती प्रवद्र्धन सम्बन्धि कार्यशाला गरिएको हो ।

मुङ्ग खेती प्रवद्र्धनका लागी विभिन्न संघसस्थाहरुको उपस्थितीहरुमा सयुक्त रुपमा रणनितिक कार्ययोजना तयार पार्ने, विउको हालको अवस्था, बजारिकरण, मुङ्ग खेतीको चुनौति, अवसर र विभिन्न कृषि यन्त्रहरुको प्रयोगको बारेमा छलफल गरिएको थियो ।

कार्यशालाले प्रदेश नम्बर पाँचमा मुङ्ग खेती विस्तार गर्न टेवा पु¥याएको सिसा परियोजनाका क्षेत्रिय संयोजक सालिन आचार्यले बताए । मुङ्ग खेती फागुनको दोश्रो हप्ता देखि लिएर चैत्रको तेश्रो हप्ता सम्म लगाउन सकिने क्षेत्रिय संयोजक आचार्यले जनाए ।

मुङ्ग छोटो समयमै ७० देखि ८० दिनमा पाक्ने बालि भएकाले, हिउदे बाली तोरी, आलु, गहुँ, मुसुरो काटिसकेपछि खालि रहने जमिनमा यसको खेती गरी फाइदा लिन सकिने कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए । मुङ्ग खेतीका लागी राम्रोसँग खनजोत गरी तयार पारिएको जग्गामा एकनासले हातले छर्ने वा ट्रेक्टरबाट चल्ने वीउ छर्ने सिड ड्रिल मेसिन प्रयोग गरि बालि लगाउन सकिने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले जानकारी दिए ।

एक विगाह मुङ्ग खेतीबाट ८० हजार सम्म आम्दानी लिन सकिनेका साथै मुङ्गको झ्यागलाई माटोमा मिसाउदा माटोको उर्वराशक्ति बढ्न गई पछि लगाउने बालिमा युरिया मलको मात्रा घटाउन सकिने भएकाले पनि किसानमाझ लोकप्रिय बन्दै गएको कोशेबालि अनुसन्धान कार्यक्रम खजुराका संयोजक राजेन्द्र दराईले बताए ।

कार्यशाला गोष्ठीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना धान सुपर जोन बर्दिया, किसान परियोजना दुई, वीउ कम्पनि, मेसिनरी सेवा प्रदायक लगाएत विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया