भैपरि आउने प्रकोपबाट जोगिन कृषि बीमा गर्नुस् –मन्त्रि पौडेल

नेपालगन्ज:

भैपरि आउने प्रकोप बाट जोगिन कृषि बीमा गर्नुस् –मन्त्रि पौडेल

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का मन्त्रि आरति पौडेलले किसानले कृषि तथा पशुपक्षि विमामा आर्कषण बढाउनुपर्ने बताउनुभएको छ ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले नेपालगन्जमा गरेको पशुपक्षि विमा सम्बन्धि प्रादेशिक स्तरिय बीमा कम्पनि, वित्तिय सस्था र सरोकारवालाहरुसँग कार्यशाला गर्दे मन्त्रि पौडेलले भैपरि आउने प्रकोप बाट जोगिन विमाले मद्धत गर्ने भएकाले आफुले पालन गर्ने पशुपक्षि तथा तरकारी, अन्नबालिहरुको विमा गर्न आवश्यक रहेको बताउनु भएको हो ।

कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै कृषि क्षेत्रको विकासका लागि विभिन्न योजना निर्माण गरेको मन्त्रि पौडेले बताउनुभयो ।

उहाँले बीमा गरेर व्यवसाय गर्ने किसान तथा कृषि व्यवसायिहरुलाई कृषि प्रणालीमा आधुनिकीकरण, व्यावसायिकरण र बजारीकरणको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो ।

कृषि मन्त्रि पौडेलले किसानले समयमै बीमा नगर्दा ठुलो नोक्सानि बेहोर्न परेको बताउदै बीमा गर्न किसानलाई सहज होस भनेर सरकारले नै स्वत अनुदान दिएको उल्लेख गर्नुभयो ।

कार्यशाला गोष्ठीमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का सचिव तेज बहादुर सुवेदिले कृषिमा युवा पुस्तालाई आकर्षित गर्न र कृषिको व्यावसायिकरण र आधुनिकीकरण गर्नका लागि कृषि विमा अनिवार्य भएको बताउनुभयो ।

कार्यशालामा उपस्थित किसानहरुले भने बीमा कम्पनिहरुले कृषि बीमाको भुक्तानीको प्रक्रिया जटिल तथा झण्झटिलो बनाएको गुनासो गरेका थिए । परम्परागत निर्वाहमुखी पशुपालन प्रणालीका कारण कृषि विमाको विकास हुन नसकेको व्यवसायिक बाख्रा तथा भैसि पालन गर्ने बाँके खजुराका तुल बहादुर कडेलले बताउनुभयो ।

कार्यक्रममा बीमा समितिका निर्देशक, कृषि विकास निर्देशनालय रुपन्देहिका निर्देशक, पशुपक्षि तथा मत्स्य विकास निर्देशनालयका निर्देशक, महाशाखाका प्रमुख, खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन, सहकारी प्रशिक्षण केन्द्र नेपालगन्जका प्राचार्य, विभिन्न बैंकका प्रमुख तथा प्रतिनिधि, कृषि ज्ञान केन्द्र प्रमुख, विज्ञ केन्द्र प्रमुख,तालिक केन्द्र प्रमुख, कुखुरा विकास र्फा खजुरा, बाख्रा व्यवसायि महासंघ, बंगुर व्यवसायि महासघंका पदाधिकारी, प्रदेश ५ का विभिन्न जिल्ल्लाबाट आउनुभएका किसानहरु लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया