सलह किराको पारिचय,जीवन चक्र तथा सम्भावित जोखिम र रोकथामका उपायहरु

बिपना गिरि

परिचय : यो एक प्रकारको फट्याङरा प्रजातिको किरा हो। यसलाई नेपालीमा सलह किरा भन्ने गरिन्छ भने यसलाई अंग्रेजीमा Desert locust भन्ने गरिन्छ्। Schistocerca gregaria बैगयानिक नाम गरेको Acrididae परिवारको छोटो एन्टिना भएको प्रजाती हो । यसको लागी उपयुक्त मौसम सुख्खा र हरियालि भएको समय हो।

यसको दिमागमा सेरोटोनिन रसायन भएको हुनाले यसमा उच्च प्रजन्न छमता, धैरे लामो दूरी सम्म उड्न सक्ने,धेरै खाने ,समूहमा बस्ने प्रवृतीका हुन्छन।सलह किरा दिनको समयमा हावाको गति सङ १५० कि.मि. प्रति घण्टा सम्म पनि उड्ने गर्छ भने साझ परेपछि रुखमा आत रहन्छ र विहानमा सूर्य उदय भएको १-२ घण्टा पछि घाम तापेर जे हरियो वनस्पति पायो तेही खान्छ । यसले व्यापक छति गरेको पाईन्छ्।एक सलह किराले एक दिनमा करिव २ ग्राम सम्म खान्छ भने सानो झुणले १० हात्ती वा २५०० मानिसले खाने बराबर खाने गर्छन्। सलह किरामा हाईन सोर्स प्रोतिन हुने भएकाले मानिसका खाना वा जनावरका दाना का लागी पनि प्रयोग गरिन्छ।

जीवन चक्र
यसको जीवन चक्रमा अण्डा(Egg),निम्फ(Nymph) अर्थात् होपर(Hopper) र व्यस्क (Adult) गरी ३ अवस्थाहरू हुन्छन।झुण्ड सलहको पोथीले एक पटकमा ८० अण्डा पार्छ्। अण्डा बाट २ हप्ता पछि बच्चा निस्कन्छ त्यसलाई होपर भन्निछ। होपरले व्यस्कले भन्दा पनि धेरै खाने गर्छ।यो छ हप्ताको समयमा ५देखि ६ इन्स्टारमा परिणत् भई व्यस्क अवस्थामा पुग्छ।यस्को जीवन चक्र मात्र ९० दिनको हुने गर्दछ।

सम्भावित् जोखिम
सलह किरा सामान्यत एकान्तमा बस्न रूचाउने किरा हो।तर यस्ले उपयुक्त वातावरण पाएको खण्डमा भने सोलिटारी(solitary phase) रुपबाट ग्रिग्यारियस (gregarious phase)रुपमा परिणत् हुनछ। जस्मा यसले करडौको सङ्ख्यामा समूह बनाउछ र अन्नबाली नष्ट गर्न अगाडी बढ्छ।यसरी आफ्नो रुप परिवर्तन गरी आहारा खोज्न समूहमा उडेका सलह किराको सङ्ख्या १ वर्ग.कि.मि.मा करिब १५ करोडको हाराहारी सम्म हुन्छ भन्ने अनुमान गरिएको छ जस्ले मात्र एकदिनमा ३०,०० जना व्यस मान्छेले खाना सक्ने बराबरको अन्न सखाप पार्न सक्छ्। त्यसैले सयुक्त राष्ट संघको कृषि तथा खाध् संङठनले विनाशकारी जीवको सूचीमा यस किरालाईअग्रपंक्तिमा राखेको छ।

यो सलह किरा अफ्रिकी मुलुकबाट अरबीन देश हुंदै एशियाका ईरान,अफगानिस्तान, पाकिस्तान,भारतमा समेत अरबौको अन्नबाली नष्ट पार्दै करोडौको सङ्ख्यामा रहेका सलह किरा , नेपालमा २०७७ साल असार १३ गते शनिबार बिहान भारतको सिमा संग जोडिएको ठाँउहरु जस्तै बारा,पर्सा, बुटवल हुंदै नेपाल प्रवेश गरिसकेको छ। शनिबार विहान सिमावर्ति इलाकामा मात्र देखिएता पनि हाल भने यो विनाशकारी किरा १००० औको समूहमा नेपालको पहाडी भेगतिर अगाडि बढिरहेको छ।यो किरा एक्दमै आक्रमक स्वभाव र जस्तो सुकै बोटबिरुवा तथा अन्नबालीलाई केही छण मै सखाप पार्न सक्ने यो किरा लाखौको सङ्ख्यामा नभई करोडौको सङ्ख्यामा आहाराको खोजिमा १०० औ कि.मि. केही घण्टामा पार गर्न सक्छ।

यो किरा विशेषत बलौटे एवम् मरुभूमी इलाकामा बस्न रुचाउने किरा भएकाले यसको प्रवेश नेपालमा नहुने आशंका गरिएको थियो र अहिले यसरी आशंका विहीन यो किरा को प्रवेशले कृषी कर्मीमा थप चिन्ताको बिषय बनेको छ। यसले अमेरिकन फौजीकिरा भन्दा पनि बढी अन्नबाली नष्ट गरि कोराना संगै नँया माहामारी निम्त्याउनुका साथै नेपाल लगायत विश्वका ६५ वटा गरिब राष्टहरुमा भोकमरीको खतरा बढेको छ।

रोकथाम तथा नियन्त्रणका उपायहरु
सलह किराको रोकथामका लागी विभन्न रसायनिक, भौतिक, यान्त्रिक, जैविक उपायहरु छन्। विभिन्न उपकरणको माध्यमबाट अरग्यानोफोस्फेट(organo phosphate) रसायनको प्रयोग गर्न सकिन्छ।कम दूरी उड्न सक्ने उपकरण बाट वायुमण्डलिय डिस्टर्व सृजना गर्न सकिन्छ।किराले प्रजन्न गर्न सक्ने ठाँउमा कुनै रसायनिक वा घरेलु विधिबाट नष्ठ गर्न सकिनछ।अलि बढि फैलिएको ठाँउमा डेल्टामेथ्रिन,क्लोरोपाइरिफस बिषादी प्रयोग गर्न सकिन्छ। आगो बाल्ने,धुवा गराउने र यसको अण्डालाई खाडलमा पुर्ने पनि एउटा उपयुक्त उपाय हो।हवाइजहाजको सहायताले बालिमा किट्नाशक छर्ने,ठूलो आवाज निकाल्ने यन्त्रहरुलाई प्रयोग गरेर पनि नियन्त्रण गर्न सकिन्छ।

अन्तत विश्वका प्राय सबै देशहरुले विषादी प्रयोग गर्छन त्यसमा पनि ठूला र विकसित देशहरुले हवाइ तथा अरु यन्त्रको सहायताबाट विषादी प्रयोग गर्दै आएका छन्। विषादी को प्रयोग व्यवहारिक रुपले सहज भएता पनि यसको प्रयोगले वातावरण,जलवायु एवम् मानिसको स्वास्थ्यमा पनि निकै नकारात्मक असर पुराउँदै आएको छ।त्यसैलेँ ईजरायल,पलेस्ताइन र अन्य धेरै अफ्रिकि मुलुकहरुमा यस सलह किरालाई मानिसले आफ्नो खानाको रुपमा खाने गरेको पाइन्छ जस्तैः ईजरायलमा कबाबको रुपमा चकलेट लोकस्ट,ब्रेडेड लोकस्ट परिकारका रुपमा खाने गरिन्छ।

यसलाइ जैविक विषादीबाट पनि हटाउन सकिन्छ जस्तै; मेटाजियम।यसलाई घरेमु उपायबाट पनि नियन्त्रण गर्न सकिन्छ जस्तै छति ग्रस्त ठाँउमा लामो घाँसे जालिको प्रयोग गर्ने,लसुन स्प्रे को गन्धले सलह बाट बच्न मदत गर्दछ(यसका लागी २ वटा लसुन र ८ कप पानी राखेर पिस्ने र उमाल्ने);विरुवाको पातमा पिठो छर्ने गर्दा पनि बाली छतीमा न्यूनीकरण गर्दछ।

यसबाहेक पाकिस्तानका वैग्यानिकले खोजएको अनौठो तर निकै प्रभावकारी उपाय “Catch locust earn money save crops”अर्थात “सलह हरु समातनुहोस् पैसा कमाउनुहोस् बाली जोगाउनुहोस”’नामक यो प्रोजेक्टले किसानहरुलाई निकै सहयोग गरेको छ।सुन्दा आश्चर्य लागे पनि पाकिस्तानका किसानहरुले माछा पकडेझै गरी जालीमा सलह पकड्ने गरेका छन्।किसानहरुले १ कि.लो. सलह जम्मा गरी कृषि मन्त्रालयमा बुझाए पश्चात् किसानहरुले रु.१५ प्रति कि.लो.को हिसाबले पैसा पाउने गरेका छन्।

यस पश्चात् किसान बाट जम्मा गरिएको सलह किरालाई पाकिस्तानको कृषि मन्त्रालयले कुखुरालाई दानाको रुपमा खुवाउने गरेको छ।
सोही पाकिस्तानी उपायलाई पछ्याउँदै नेपालको प्रदेश नः५ को सरकारले सलह किरा समातेर ल्याउनेमाई हाल प्रति कि.लो. २० को दरले नगद परदान गर्ने व्यवस्था मिलाउने भएको छ।


(लेखिका गिरी कृषि तथा वन विश्वविद्यालय रामपुर, चितवनमा कृषि प्रसारमा स्नाकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ )

प्रतिक्रिया