आजको दिनमा नेपाल हिन्दु राष्ट्र किन?

उत्सव सिजाली मगर

हिन्दु धर्म भनेको क्रम बद्वकालिन समय बाट नै चल्दै आएको धर्म हो!यो ससारको सबै भन्दा पुरानो धर्म हो र मानिन्छ पनि!हिन्दु परम्परा बाट पृस्थोशीत हुँदै जादा हिन्दु धर्मको उत्पत्ति भयो!बेदले हिड्न सिकाएको बाटो नै “हिन्दु धर्म” हो ।
धर्मको रक्षा हामिले गर्यौ भने हाम्रो रक्षा धर्मले गर्छ!त्यसकारण हाम्रो सनातन धर्म हिन्दु हो!यसको मुल मर्म बुझी आजको दिनमा अधि बढनु पर्दछ!

हामी मन्दिर किन जान्छौ त भन्दा तिर्थ एव यज्ञको परिक्रमा गर्ने प्रचलन प्राचीन कालदेखि नै चलिरहेको पाइन्छ। प्रदक्षिणा गर्नु षोडशोपचार पुजाको एक अङ्ग पनि हो। मन्दिरमा ७पटक परिक्रम गर्नुपर्दछ भन्ने भनाइ छ। मन्दिर जानू अधि शुद्ध हुन समेत आबश्यक छ ।

नेपालमा कसैलाई उ बेला आफ्नो परम्परागत धार्मिक आचरण र अभ्यास गर्नमा कहिल्यै कसैलाइ रोक भयन। नेपालमा कहिल्यै कसैमाथी धार्मिक आधारमा भेदभाव भयन, शोषण भयन तर आजको दिनमा केही होलि वाइनका ठेकेदारहरुले अनेकौ केही बाहनामा भने आजको दिनमा लगातार हिन्दु धर्म माथी प्रहार गरिरहेका छन , हिन्दु धर्म सस्कृति मास्ने कार्य भइरहेको छ।

नेपालमा २०६३ सालमा जन आन्दोलनको बलबाट स्थापित सरकारले धर्म निरपेक्षता भनेर घोषणा गरे। बास्तबमा के हो त धर्म निरपेक्षता? मानिसले आफुले चाहेको धर्म मान्न पाउनु वा धर्ममा स्वतन्त्रा नै धर्म निरपेक्षता हो तर धर्म निरपेक्षता नेपालमा घोषणा नगर्दा पनि विभिन्न धर्म मान्ने ब्याक्ती बसेकै थिए ।

नेपालमा जनआन्दोलन हुदा धर्म निरपेक्षताको नारा कहि कतै लागेको सुनिएको पनि थिएन। तर नेपालमा धर्म निरपेक्षता बिदेशीको इसारामा भएको भनेर चाहिँ चर्चामा थियोे, छ र हुने गर्द छ अझै पनि र त्यसमा हाम्रा देशका केही महान नेता गणहरुको आफ्नो ब्याक्तीगत लोभ-लालच थियोे रे जसले गर्दा देशमा घटना घटयो धर्म निरपेक्षताको ।

नेपाली कांग्रेसको त्सस बखतको केन्द्रिय कार्य समितिमा छलफल नै नगराई धर्म निरपेक्षतालाई पारीत गराइयो । त्यसपछि बसेको केन्द्रिय कार्य समितिमा ३१ जना मध्ये २८ जनाले यस्को बिरोध गरेका थिए त्यसमा हाम्रा स्वर्गीय नेता पुर्ब प्रधानमन्त्रि शुशिल कोइराला समेत हुनु हुन्थ्यो !

आजको दिनमा धर्म निरपेक्षताको बारेमा जनमत सग्रह गर्नुपर्दछ हुनु पर्दछ भनि बार बार वकालत गर्दै आइ रहनु भयका एक मात्र नेपाली कांग्रेसका नेता महामन्त्रि डा.शशाक कोइराला हुनुहुन्छ!

त्यस्तै  नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खडकाले समेत पार्टी भित्र धर्म निरपेक्षता प्रती असहमती जनाउदै “हिन्दु राज्य” घोषणा गर्ने अभियानको शुरुवात गर्नु भएको थियो तर बिडम्बना आज त्यो अभियानले मुर्त रुप लिन सकेन पार्टी भित्र । तर बहस भने केन्द्र लेवलका नेता कार्यकर्ता देखि तल्लो लेवलका नेता कार्यकर्ताले भने आजको दिनमा पार्टी भित्र बहस भने शुरुवात गरिसकेका छन ।

त्यस्तै नेपाल हिन्दु रास्ट्र भय मात्र समुद्व हुनेछ भनि नेपाली कांग्रेसका नेता मीन बिश्वकर्मा ज्युले समेत भनि सकेको अवस्था छ ।

अब आजको दिनमा नेपाल हिन्दु रास्ट्र किन?
बिश्वमा १९५ रास्ट्र छन। जसमध्ये बढि ४० भन्दा इसाइ,५० भन्दा बढि मुस्लिम र ६ वटा आधीकारिक देशमा बौद्ध धर्म अंगालेका रास्ट्र छन भने अन्य ११ रास्ट्रहरुमा बौद्वहरुको बाहुलियता छ बाकी रास्ट्रहरुमा चाहिँ केही धर्म निरपेक्ष देश छ ।

नेपाल एक मात्र एउटा यस्तो देश थियोे जुन सारा बिश्वमा चिनीन्थ्यो हिन्दु रास्ट्र भनि त्यो पनि अहिले आएर सकाइदिए । आखिर हामी सङ्ग तेस्तो के नै छ र जस्ले गर्दा बिश्वले हामिलाइ फरक तरिकाले चिनोस ।

जे थियोे त्यो नि सकाइ दिए अब आफ्नो आत्म सम्मान माथी बारबार प्रहार भइरहेको अनुभव पनि हामी हरु सङ्ग प्रस्त मात्रा मा तेस्ता उदाहरण छ । तेसैले आजको दिनमा हिन्दु रास्ट्र चाहिन्छ भन्ने आवाज बाक्लो र सगठित हुँदै गइरहेको छ !
“जय नेपाल” जय हिन्दुरास्ट्र नेपाल”

( लेखक मगर तरुण दल बाँकेका नेता  हुन् )

 

प्रतिक्रिया