के छैन गाउँमा ? सबथोक छ !

त्रिलोचन सुवेदी

आजकल गाँउबाट सहर पसेर घरमा एक तल्ला थपेपछि गर्हौ पैतला हुनेहरू गाउँ फर्कदैनन् ।

ओहो ! पैतला भन्दा गर्हौ त मन पो हो क्यार, मन गर्हौ भएपछि पैतलाको केनै चल्छ र । हात्तिले बिरालो सजिलै बोकेर घुमाउन सक्छ, बिरालोले हात्ती अह! के कल्पना गरीयो यस्तो ? तेसैले मानुम उस्को मन गरूको हुन्छ सहर छिरेपछि पैतला हैन । मन गरूको भएपछि बहुद पर लाग्छ आफ्नै गाँउ ।

बहुद विकट लाग्छ आफू जनमेको घर जाने बाटो । यति सम्म कि दशै र तिहार जस्ता चाड शहरमै मनाईन थालेका छन । हुन त म शहर नबसेको पनि हैन, दिन गन्ने हो भने पनि चानचुन 2790 दिन जति त बसेहुला हौ । हुनत मेरो शहरमा तल्ला थपेको घर पनि त छैन ।

अव सुरू गरि हालियो यसै विषयमा गफ्फिम है त !
के छैन गाउँमा तिम्रो शहर बाट विरलै देखिन्छ कोठाका झ्याल र पिढी बाट चन्द्रमा, खैर पुर्णिमाको उज्यालो चै भरसक आउन खोज्छ बाटो सम्म । यता गाँउमा हेर कति छर्लङ्ङ देखिन्छ, पूर्णिमाको चन्द्रमा ।

अगेनामा दाउरा पुत्ताउदै कुडेभरी दूध उमालेर दूध पिउदा होस या दहि र महि खादा जति मज्जा आउछ , नढाटी भन त तिमी रूमल्ली रहेको बिसौ बर्समा कुन दिन अनुभव गर्यो त्यो मिठास र त्यो मज्जा। हुन त तिमिनै भन्छौ नि है! ठेकिको दहि जस्तो मिठो डेरीको दहि हुन्न भनेर । तिमी डेरिमा महि किनेर खान्छौ यता गाँउमा तिम्रौ अरबाट सित्तैमा खान्छन गाउभरिकाले त्यो भन्दा मीठो मही।

तमिले त बिर्सियौ होला, बारिमा चरप चरप घास काटेको, घाँस काटि रहदा हातको चोर औला र बुढी औला काटेको, मलाई थाहा छ तिमी सहरमा चपिङ बोर्डमा तर्कारी काट्दा पनि हात काटेर त्यो अनुभन गर्ने चेस्टा गरिरहेका छौ । पायौ त त्यो दुखाई, तेहि आराम अहँ मलाई थाहा छ तिमिले नाई नै भन्छौ यार । तिमिलाई थाहा छ ? तिम्रो शहरमा बालिने झिलिमिलिको बत्तीले भन्दा कयौ तिख्खर उज्यालो छर्छ बाति कातेर बालेको दियो ले । तिमिलो यो बिसौ बर्समा कहि सुन्यौ बासघारीमा भगेरा र डाङ्रे करायर निकालेको आवाज जस्तै आवाजतिम्रो सपनाको शहरमा ?

तिमिले त भनिदेउला यु ट्युबमा सुन्छु यार, थाहा छ अरू कसैले सुनेपछि मात्र पुग्छ तिम्रो यु ट्युबमा त्यो आवाज बासी भएर मात्र पुग्छ तिमी सम्म। गाउमा सङ्गै आफू एक्लै भएर सुनेको जस्तो ताजा कसरी पाउछौ यार ? गाँउको जस्तो गुच्चा, गाउमा जस्तो गोवे डन्डी, गाउमा जस्तो चुङ्गी, गाउमा जस्तो लवड ब्यान्ड, गाँउमा जस्तो खोस्टा, लुकामारी, भाडा कुडी काहा खेल्न पाउँछन् तिम्रा छोरा छोरीले ?

तिम्रा छोराछोरीले नसराप्लान भोली भनेर म चै भन्दिन है ।
हा हा के रे खेलपने समयमा पढेर बस्छन ? म तिमिलाई तोकेरै भन्न सक्छु भोली गाउको रामे , श्यामे सफल डाक्टर ईन्जिनियर र बिषयलोजिस्ट ठहरिने छ अनि मात्र तिम्रो छोरा/छोरी सामान्य डाक्टर ईन्जिनियर र विषयलोजिस्ट बनेर उभ्भिने छ ।

हुनत तिमिलाई त लाग्ला घाँसको डोको भन्दा आलुको बोरा हलुका हुन्छ । गाँउको यथार्थ भन्दा शहरको झुट बढी बिक्छ। गाँउको माकुराको जालो भन्दा शहरको साङ्ला सजिलो हुन्छ नियन्त्रण गर्न । गाँउको चुलो भन्दा सजिलो हुन्छ शहरमा ग्यासमा आगो बालन्न ।

आउ यार मित्र आउ , तिमिले त्यो शहरमा गर्ने र अनुभव गर्ने काम रोवर्ट ले पनि गर्न सक्छ, र आई एम सियोर गाँउको धेरै जसो काम रोवर्टले गर्न सक्दैन । रोवर्ट लाई थाहा सम्म छैन यत्ति मज्जा छ गाउमा भनेर ।।

प्रतिक्रिया