बिष्णु पाेखरेल

बृद्धअबश्थामा छाेराले सेवा गर्छन, पाल्छन, उपचार गर्छन, तिर्थााटन गराउछन, यज्ञ लगाउछन, तुलादान गराउछन, कतिराम्रा चलन छन ,हाम्रो समाजमा ।
तर याे कर्म छाेराले मात्रै गर्न पाउँछन्, छाेरीले पाउदैनन, उपचार, पुजादान या तिर्थाटन गर्न पाउन्नन । याे विभेद निकै चाेटिलाे छ, मर्मश्पर्सी छ र विभेदकारी छ ! जेष्ठ नागरिक, पाका नातेदार, बाबुआमाकाे सेवा त छाेरीले मात्रै हाेईन, छिमेकी या बाहिरी रगतकाे नाता नपर्नेले पनि गर्न पाउनु पर्छ ।
हाम्रा चलन र कथाहरुमा पाका नागरिककाे सेवा र उपचार छाेरीले पनि गर्न मिल्ने कथा किन बनेनन, याे साेचनीय छ । हाम्राे पितृसत्तात्मक सोचकाे गलत चक्रव्युह त्यसबेला बिस्फोट हुदाे रैछ जतिबेला छाेराहरु मात्रैले पालन पाेषण, उपचार, दशक्रिया दान गर्नु पर्ने अनि पितृ तारिदिन उनैले जन्माएका छाेरीले दान थापीदिनु पर्ने ! छाेरा धनपति बन्नु पर्ने, छोरीले दानपात्र थाप्नु पर्ने ।
स्वस्थानी हुन कि लक्षवर्ति यस्तै विभेदकारी कथा सुनेर हुर्के बढेका पिडीले गरेकाे यस्ताे व्यवहारले पाप खकालिन्छ भन्ने सुन्दा हासाैं कि टिठ गराैं ।
कुचलनका कुरा गर्दा डलरे सोच र क्रिस्तानी मति भाकाे भन्नुहाेला तर हाम्राे समाजकाे छाेरा छाेरी बिचकाे विभेदकाे चर्चा गर्दा हामीले घरघरमा गर्ने चलन महिनावारी, विबाह, सुत्केरी, ब्रतबन्ध, मृत्युु, क्रियाकर्म, पुजा-आजा, दान-तप आदि व्यवस्थामा पुण्य लिन विचित्रको गतिविधि गरिन्छ, त्याे दुखदयी हाे ।
छाेरालाई बलिस्ट, महान, शक्तिशाली बनाउन भए नभएका अलाैकिक पत्याउनै नसकिने गाथा बन्छन, मिथक बन्छन, अन्धविश्वास मिसिन्छन, र विद्वत वर्गबाटै पुराणमा घुसाईन्छन । शदियाै देखि यिनै मिथक र मिथ्या कथा घरघरमा सुनाईन्छन, त्यै कथा हाल्नु पर्ने, अनि छाेराले दान गर्ने, छाेरीले भिकारी जस्ताे दानपात्र थाप्ने चलन बसालिन्छन ।
छाेरी हाे, तिमीहरु साच्चै स्वतन्त्र नागरिक र छाेरा सरह सिंगाे मान्छे बन्न, संसारमा आफ्नाे अधिकार बचाउन याे झुटाे दान दक्षिणा थाप्ने काम नगर त । बरु हात खुट्टा दिमाग लगाउ, विजनेस गर: श्रम बेच: तर निधार थापेर सबल हुदाहुदै दुर्बल नबन: ,
विगतमा यस्ता कथा बन्दा के के स्वार्थ थिए, ती सकिए, अब यस्ता उटपट्याङ कथा हैन हाम्रा बेद र पुराणमा वर्णित ठाउँ तथा पात्रका राम्रा र समाज उभाे लाउने कथा सुनाै, असल कामकाे अनुकरण गराैं, बेठिक र विभेदकारी छ भने त्यस्ता पुराण पनि सच्चिनु पर्छ, देवी देउताकाे पुजा, बाबुआमाकाे सेवा गर्ने कथा बन्नु पर्छ, सेवा छाेराले मात्रै हैन छाेरीले पनि उत्तिकै गर्नु पर्छ । तर उबेेला यस्ता कथा किन बनेनन हाेला, छक्क परेकाे छु, अब यता पनि सच्चिनु पर्छ !










