पोल्ट्री व्यवस्थापन सफ्टवेयर शुभारम्भ

नेपालगन्ज : कुखुरा विकास फार्म खजुरा बाँकेले पोल्ट्री व्यवस्थापन सफ्टवेयर शुभारम्भ गरेको छ ।

कुखुरा, अण्डा तथा चल्लाको उत्पादन, वितरण, विवरण व्यवस्थित राख्न फार्मले सफ्टवेयर निर्माण गरी सञ्चालन गरेको हो ।

बर्दियाको ठाकुरद्वारामा आयोजित समन्वयात्मक गोष्ठीमा लुम्बिनी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास महाशाखाका प्रमुख तुलसीराम भण्डारीले सफ्टवेयर शुभारम्भको उद्घाटन गर्नुभएको थियो ।

सफ्टवेयर सञ्चालनमा आएसंगै कुखुरा विकास फार्मले गर्ने दैनिक कार्य विवरण उक्त सिस्टमले सहज बनाउनेछ । कुखुरा विकास फार्मको सहकार्यमा निन्जा इन्फोसिस प्रालिले उक्त सफ्टवेयर निर्माण गरेको हो ।

प्रतिक्रिया