निर्वाचित जनप्रतिनिधिले राजनीति संयन्त्र नबनाई गरेको कामलाई कसरी स्वीकार गर्न सकिन्छ र ?

केपी घिमिरे : स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते भर्खर सकिएको छ , देशभर का स्थानीय निकायमा जनप्रतिनिधिहरुको अन्तिम नतिजा केही ठाउँमा बाहेक अधिकांश ठाउँको आइसकेको छ ।

अहिले निर्वाचित जनप्रतिनिधिहरुमा जितको घमण्ड देखिएको छ, आफ्नो आफ्नो पार्टीको इशारामा कार्यक्रम गर्ने गरेको देखिन्छ र सोही अनुसार गरेको भन्ने बुझ्नमा आएको छ ।

एउटा वडा देखि गाउँपालिका वा नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिकामा कुनै पनि दलको केही पालिकामा बाहेक स्पष्ट बहुमत आएको देखिदैन तर पनि जितेका जनप्रतिनिधिहरुले यदि प्रत्येक राजनीतिक दलहरुसंग परामर्श र सहकार्य गरेर विकासका कामहरु गरेकोे खण्डमा त्यसले दिगो निकास पाउनेमा कुनै शंका छैन तर एकलौटी ढङ्गले आफुले मात्र निर्णय गरेर आफ्ना आसेपासेहरुको मात्र भलो हुनेगरी र उनीहरूको मात्र कुरा सुनेर काम गरेमा त्यहाँ पक्कै पनि विरोध आउने छ यसमा कुनै दुई मत छैन ।

चुनावमा होमीए पछि जितहार हुनु स्वभाविक हो तर हारेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई वास्ता गरिएन भने त्यसले पक्कै पनि समस्या सिर्जना गर्छ र त्यस्ता जनप्रतिनिधिहरुबाट स्थानीय जनताले आशा गर्ने ठाउँ पाउदैनन् ।

त्यस्ता जनप्रतिनिधिले विकासका काम भन्दा पनि आफ्नो पेट भर्ने काममा प्रेरित हुनसक्छन् त्यसैले सबैले खवरदारी गर्नु नितान्त आवश्यक रहेको हुन्छ ।

यदि आफना वडा वा पालिकामा राजनीतिक संयन्त्र नबनाई काम गरेको पाइएमा अन्य दलहरुले पनि खवरदारी गर्नु जरुरी छ र त्यस्ता जनप्रतिनिधिहरुबाट गरेका कामलाई पारदर्शी भयो भनेर स्वीकार गर्न सक्ने अवस्था रहदैन ।

प्रतिक्रिया