‘लालटिनको उज्यालोमा’ कृतिको समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालगन्ज :

प्रगतिशील लेखक सङ्घ बाँकेको अायोजनामा अाज शुक्रबारको दिन महिला लेखिका साहित्यकार सरस्वती ज्ञवालीद्वारा लिखित लालटिनको उज्यालोमा कृतिको समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको सुनाखरी रेष्टुरेन्टमा भएको समिक्षात्मक कार्यक्रममा पाँच जना स्रष्टाहरु महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका लेक्चर लेख प्याकुरेल , बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्राध्यापक पुष्कर रिजाल, पाल्पाका सागर गैरे , महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख तथा साहित्यकार हरि प्रसाद तिमिल्सिना लगायतका समालोचकहरुले समिक्षात्मक टिप्पणी गरेका थिए ।

लेखिका सरस्वती ज्ञवालीले अाफनो जीवनका भोगाइहरुलाई समेटेर लेखिएको कृतिमा गुल्मी , अर्घाखाँची , पाल्पा, नवलपरासी अादि ठाउँहरुको बसाइमा भोगेका सुखदुःख, राजनीति अवस्था अादिको चर्चा पुस्तकका समेटिएको छ ।

बुबा देवराज अर्याल र अामा नुर कुमारी अर्यालको कोखमा २०२० सालमा जन्म लिनु भएकी सरस्वती अर्याल(ज्ञवाली ) वर्तमान परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको धर्मपत्नी हुन् ।

उहाले लेखेको लालटिनको उज्यालोमा कृतिमा उहाँको घर परिवारको समेत चर्चा गरिएको छ । उक्ति कार्यक्रमको अध्यक्ष प्रगतिशील लेखक सङ्घ बाँकेका अध्यक्ष पंकज कुमार श्रेष्ठ , नेपाल कम्युनिस्ट पार्टी नेकपा बाँकेका ईन्चार्ज तथा पूर्व सरसफाइ मन्त्री दिनेश चन्द्र यादवको प्रमुख अातिथ्यमा भएको कार्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोईराला , मदन भण्डारी फाउन्डेसन प्रदेश नं ५ का अध्यक्ष सुर्य ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठान तथा भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिना , नेपाल कम्युनिस्ट पार्टी कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारी , नेपालगन्ज उपमहानगरपालिका नेकपा सचिव दत्तप्रसाद अाचार्य, खजुरा गाउँ पालिका प्रमुख कृष्ण कुमार कक्षपती, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाईद मन्सुरी चुन्ना लगायतका अतिथिहरु रहेका थिए ।

उक्त समीक्षात्मक कार्यक्रममा स्वागत मन्तव्य कविराज रेग्मीले राख्नु भएको थियोे भने शुभकामना मन्तव्य प्रमुख अतिथि यादव, नेकपा बाँकेका सचिब अशोक कोईराला लगायतका व्यक्तिहरुले दिएको कार्यक्रम सञ्चालन प्रगतिशील लेखन सङ्घका सचिव शशिराम कार्कीले गरेका थिए । कार्यक्रममा महिला साहित्यकार सुमित्रा न्यौपानेले लेखिका सरस्वती ज्ञवालीसंग अन्तर संवादमा विभिन्न प्रश्नहरु गरेकी थिइन् भने मन्जु कोइराला र बसन्ती अधिकारले पनि लेखिकाको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया