मन्त्री पत्नीको हैसियतले हैन लेखिकाको हैसियतले चिन्नुहोला : ज्ञवाली

नेपालगन्ज :

आफ्नो पहिलो कृति आत्मकथा “लालटिनको उज्यालोमा ” प्रकाशित गरेकी वर्तमान परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको धर्मपत्नी सरस्वती ज्ञवालीले आफुलाई मन्त्री पत्नीको हैसियतले नभएर लेखिकाको हैसियतको रुपमा चिन्नका लागि सबैलाई अनुरोध गर्नु भएको छ ।

अाज शुक्रबारको दिन नेपालगन्जमा प्रगतिशील लेखक संघ नेपाल बाँके शाखाको आयोजनामा गरिएको उहाँले प्रकाशित गरेको कृति लालटिनको उज्यालोमा समीक्षात्मक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा भन्नुभएको हो ।

अाफुले जीवनमा भोगेका यथार्थ भोगाइहरुलाई आफ्नो कृतिमा समेट्नु भएको ज्ञवालीले उक्त कार्यक्रममा अन्तर संवादगर्दा बोल्दा बोल्दै भावुक बन्नु भएको थियोे । उहालाई अब हजुरको बाटो राजनीति कि साहित्य भन्दा म मेरो पहिलो कृतिबाट निकै सन्तुष्टि रहेकी छु म आदर्शवादी नारी हुँ म साहित्यलाई नै आत्मसात गर्न चाहान्छु भनेर उहाँले भन्नुभएको थियोे ।

बुबा देवराज अर्याल र आमा नुर कुमारी अर्यालको कोखमा २०२० सालमा जन्म लिनु भएको सरस्वती अर्याल ज्ञवालीले २०४२ सालमा भूमिगत शैलीमा वर्तमान परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसित बिबाह पाल्पा मदन पोखरबाट भएको थियोे । उहाँले श्रीमान श्रीमती दुवै एकरथका दुई पाङ्ग्रा भएको हुदा कसैको पनि सफलता हुनुमा दुवैको महत्त्वपूर्ण भूमिका रहेको छ । उहाँले यो आफुले लेखेको कृति लेखनमा आफ्नो पति प्रदिप ज्ञवालीको कुनै सरसल्लाह नभएको र आफ्नो नितान्त जीवन भोगाइलाई समेटेर लेखेको बताउनुभयो ।

प्रतिक्रिया