के-पी- घिमिरे :

आजभोलि जताततै तिम्रो नै चर्चा छ ,
अरु बेला त के कुरा गरौं सुतेको बेलामा पनि सपना तिम्रो नै देख्छु,
तिमी जानीनजानी जसरी धेरै देशहरुमा डुलेकी छेउ तर,
म बिन्तिपत्र चढाउछु मेरो देशमा तिमी नअाउनु ।
बुढाबुढी, केटाकेटी, युवायुवती सबैलाई डर देखाउछौं
सामान्य रुघाखोकी लाग्दा पनि तिम्रो याद आउने गराएकी छौं
वर्ष भरीको मेहनत गरेर पढेको सबै भुल्ने गरी त्रसित बनाउछौ
बिन्ती छ कोरोना तिमी नेपाल नआउ, नेपालीलाई नसताउ ।।
व्यापारीलाई कालोबजारी गरेर रातारात धनाण्य बनाउदैछौं
तिमीलाई छेक्ने माक्स बजारमा कृतिम अभाव बनाएछौं
तिमी नसर्ने हात धुने सेनिटाईजर त्यो पनि नपाउने बनाएछौं
बिन्ती छ तिमी यता नआउ ,गरिबी देशका गरिब जनतालाई नसताउ।।।










