करुणा शाह ( महारानी )

केहिदिन अगाडि मैले बुवा हजुर आरामै होइवक्सिन्छ ? हामी हजुरलाई भोलि भेट्न आउछौ है भन्दा उहाले हुन्छ आउन बरु कती बेला आउछौ भनी मर्जी भैबक्स्यो ।
भोलि बिहान हामी (दिज्जु उषा,सिर्जना अनि म) ठुलो बुवाको घर बालुवाटार गयौं । ९० बर्षको उमेरमा आँखामा पावरवाला चस्मा पनि छैन , रातो चेक सर्ट, उलनको टाेपि, उलनकै ट्राउजर लगाइबक्सेको उहाँको उज्यालो अनुहार , नजिकै तातोपानी को थर्मस राखेर बिहानको पारिलो घाम ताप्दै होइबक्सिन्थियो उहाँ अर्थात मेरो ठुलो बुवा योधार जंग शाह ।
हामि पुग्दा निकै खुशी भैबक्स्यो उहाँ । उषा दिज्जुलाई नजिकै देखि चिनिबक्सिने बुवाले के छ तिम्रो खबर ज्वाइसाब को खबर के छ येस्तै धेरै कुरा सोधिबक्स्यो ।मैले बुवाको बारेमा सुनेको थिय ,उहाँ हाम्रो परिवारको राजा हो हामी माल्नेटि राजाको सन्तान हो भनेर, तर बुवाहरु काठमाडौं राज गरिबक्सिने हामी नेपालगन्ज बस्ने हुदा मेरो भेट राजा बुवा संग पहिलो थियो ।
हाम्रो सबै परिवारले उहाँलाई राजा बुवा नै भन्छौ ।बुवाको निवासमा मन्जु भाउजू (उहाको बुहारी) होइबक्सिन्थियो । हेमन्त दादा (छोरा ) बाहिर सवारी भैबक्सेको रहेछ।भाउजू ले खाजा बनाइबक्सेको खाजा खादै कुरा गरेउ।अनि म बुवा संग कुरा गर्न उहाँको बेड रुममा पुगे । ठुलो कोठा , खुल्ला झ्याल , भित्तामा बुवाको राजा हुदाको तस्वीर साथै परिवारको तस्वीर थियो । छेउमा अक्सिजनको सिलिन्डर थियो , कारण बुवालाई दम छ बेला बेलामा अक्सिजन लिनु पर्दो रहेछ । ९० वर्षको उमेरमा जागर, उज्यालो अनुहार, प्रष्ट आवाज देखेर मलै बुवा लाई नियाले । १९८९ मा काठमाडौंको कमलपोखरीमा जन्मिबक्सेको योधर जंग शाह र उनका परिवार श्री ५ बडामाहाराजधिराज पृथ्वीनारायण शाहले एकीकरण गर्नु अघि नेपालमा २२ से २४ से राजाहरु थिए । त्यही मध्य सल्यान जिल्लाको माल्नेता दरबारको राजा होइबक्सिन्छ ।
२००५ देखि २०२० साल सम्म राजाको भत्ता खाइबक्सेको हो रे उहाले । ५ बर्ष कै उमेरमा उहालाइ माल्नेताको राजा बनाइयो तेस्पछि उहाँ १० बर्ष सम्म तेहि राज भैबकस्यो रे । उहाभन्दा अगाडीका राजा भिम प्रकाश शाहले बार्शिक २४४ रुपैया माल अड्डामा नबुझाउदा उहाको थाउ मा योधार जंग शाह माल्नेती राजा भैबक्सेको हो उहाले आफै मर्जी भैबक्स्यो ।
आफु राजा हुदा हाम्रो दरबार ३ तलाको थियो चारैतिर कौशी, २२ से २४ से राजा भए पनि त्यो वेला हाम्रो सम्मान देशको राजा ( पृथ्वीनारायण शाह को सन्तान) जतिकै हुन्थ्यो ।अनिवार्य नेपालि पोसाक लगाउनु पर्ने कतै बाहिर जादा धेरै जना सहित निस्किनु पर्ने, सुसारे टन्न हुन्थे ।
हजुरको पालामा को को राजा संग हजुरको राम्रो सम्बन्ध थियो भन्दा उहाले जाजरकोटका राजा श्यमप्रकाश शाह , अछामी दर्नानी राजा देबेन्द्र बाहादुर शाह, बझागी राजा जय पृथ्वीबहादुर सिङ होइबक्सने बताउनुभयो ।
अहिले पनि उहालाइ भेट्न् मानिसहरु आइरहन्छ्न ।किनकि २२ से २४ से राजा मध्य अहिले उहाँ मात्र जिवित होइबक्सिन्छ । उहाँ २२ से २४ से राजाको जिबित इतिहास हो । राजा बुवा अर्थात ठुलो बुवालाई भेटेर यी सबै कुरा गर्न पाउँदा म निकै खुशि थिए ।
उहाले पनि धेरै पत्रकार आउछ्न भेट्न् आज आफ्नै छोरी पत्रकार भएर कुरा गर्न, भेट्न् आउदा निकै खुशि लागेको मर्जी भैबक्स्यो । काठमाडौंको रानिपोखरि स्थित दरबार हाइस्कुलमा १० सम्म , दरबार ईन्टर कलेजबाट ब्याचलर, छाउनीबाट शिक्षा शास्त्रमा मासटर गरिबक्सेको उहाँले ३० वर्ष नेपाल बायु सेवा निगममा जागिर गरिबक्सेको हो । जागिरमा रहदा कतिले उहाँ त राजा हो राजा ले पनि जागिर गर्छ्न भन्ने गर्थे तर म पहिले बाट काम सानो ठुलो हुदैन जो सुकै होस काम गर्नु पर्छ भन्ने मान्येता को थिय । त्यसैले काम गरे ।
२०१७ सालमा काठमाडौंको पानीपोखरीबाट श्री ३ सरकार देब शमशेर जंग बाहादुर राणाको नातिनि भुवन शमशेर जंग बाहादुरको छोरि संग उहाको बिबाह भयो ।बिबाहको कुरा सम्झिदै आर्मीको बग्गीमा त्यति बेला आर्मीको बग्गी उच्च ओहोदाको परिवारलाई मात्र दिइन्थियो ।
झलरी छाता, तास को जामा, तास को टोपि, कानमा हिराको टप , घाटिमा मोतिको माला लगाएर बेहुला राजा बनेको थिए । हास्दै मर्जी भैबक्स्यो ।
२०६९ सालमा श्रीमतीको निधन भएपछी उहाँ कहिलेकाही एक्लै भएको महसुस गरिबक्सिन्छ रे, मर्जी हुन्छ उहाँको बुहारी मन्जु शाह । उहाका अनुशार बुवा निकै सरल सहज पहिला बाट नै अहिले पनि निकै फुर्तिलो होइबक्सिन्छ ।हामिले बुहारी जस्तो होइन सधै छोरी जस्तो सम्मान र माया पायौ बुवा बाट । अहिले पनि बुवा भएर धेरै आफन्त हरु साथै अन्य मानिसहरु
भेटघाट गर्न आउछ्न ।
बुवा भएर घर उज्यालो छ। उहाँको छोरी हजुरि राणा , ममता शाह, छोरा हेमन्त जंग शाह, शरद जङ शाह, बुहारी मन्जु शाह, निमा शाह, नातिनी सफलता शाह होइबक्सिन्छ ।
काठमाडौं पहिला त्यति बस्ती र ठुलो शहर थिएन । वीर अस्पताल , टिचिङ अस्पताल , पद्म कन्या स्कुल , दरबार ईन्टर कलेज, हलमा रन्जना सिनेमा हल न्युरोडमा थियो ।नेपलि सिनेमा निकै कम बन्थ्यो । तेतिवेलाका चर्चित हिरो राजेश खन्ना , दिलिप कुमार थिए उनिहरुको फेसन खुब गरिन्थ्यो ।
त्रिभुवन, महेन्द्र, बिरेन्द्र, ग्यानेन्द्र, रानी रत्ना, इन्द्र , एशोर्या, कोमल, पेक्षा संग दसैको टीका लगाउन गएको सम्झना छ ।
राजा रानी संग टिका लगाउन थुप्रै जिल्लाबाट मानिसहरु आउथे । नारायण हिटि दरबारमा लाइन हुन्थियो । राजालाई बिस्नुको अवतार मानिन्थियो ।आफू राजा भए पनि उहाँ अहिले देश को बिकाश देखेर खुशी भएको बताइबक्सिन्छ । प्रतेक दिन म समाचार हेछु देश को बिकास धेरै भएको छ ।
देश मा सुब्यबस्था होश ।समान नियम लागू होश सबै ले खाना लाउन पाउन ।देश को प्रगती होश ।
उहाँ फ्रेस भए पछि पुजा साथै गायेत्री जब गर्ने गर्नुहुन्छ । १:३० बजे खाना खाने । राती १० बजे सुत्ने उहाँकाे सेडुल छ । अन्तिम मा २२ से २४ से का राजा योधार जंग शाह मेरो राजा बुवालाई सुस्वाथ दिर्धायुको कामना।










