महामारीको बेलामा डिउटीमा जादा ज्यान गुमाउने स्वास्थ्यकर्मीलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ

के-पी-घिमिरे

महामारीको बेलामा डिउटीमा जादा ज्यान गुमाउने स्वास्थ्यकर्मीहरुलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्छ

अहिले कोरोना COVID-19 बाट बिश्व आक्रान्त भइरहेको बेला कोरोना बिरुद्ध देशभरका स्वास्थ्यकर्मीहरु एकजुट भएर लडाइँ गरिरहेका छन् । सरकारले कोभिड १९ लागेर मृत्यु हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई रु २५ लाख रुपैयाँ दिने घोषणा यस अघि नै गरिसकेको छ तर आफ्नो कार्य क्षेत्रमा जादा जादै बाटोमा मृत्यु भएका वा हुन सक्ने स्वास्थ्यकर्मीहरुलाई यति नै रकम दिने भनेर भनेको पाइदैन ।

अस्ति भर्खरै मात्र बाँकेको कोहलपुरमा आफ्नो कर्तव्य निर्वाहको शिलसिलामा डिउटी जाने क्रममा प्राथमिक स्वास्थ्य केन्द्र बनकटवा , बैजनाथमा अ- न- मी- पदमा कार्यरत शोभा बटटालाको एम्बुलेन्स र मोटरसाइकल ठोक्किएर असामयीक निधन भएको छ । त्यसैगरी इटहरीमा पनि एम्बुलेन्सको ठक्करबाट सुनसरीको इनरुवाको घोपाली टोलमा स्टाप नर्स पदमा कार्यरत रत्ना श्रेष्ठको पनि एम्बुलेन्स र स्कुटी ठोक्किएर मृत्युु भएको छ ।

यसरी स्वास्थ्यकर्मीहरु अाफनो ज्यान जोखिममा राखेर अरुको ज्यान बचाउन दिनरात नभनी काम गर्दागर्दै पनि मृत्युवरण गर्न पुगेका छन् । यस्तो अवस्थामा उनीहरूको परिवारलाई राज्यले उचित क्षतिपूर्ति वा कोभिड १९ लागेमा मृत्यु हुने परिवारजनलाई उपलब्ध गराउने क्षतिपूर्ति दिनुपर्छ ।

प्रतिक्रिया