डिल्ली राज गिरी

आम नागरिकमा यतिबेला अन्योलता को स्थित छ। नचाहेर पनि आफ्ना पिडाहरु लुकाएर बाच्नु परेको अवस्था छ।
अर्को तिर भविस्यको केहि झिनो आशाले मुस्कान पनि ल्याएको छ। एउटा भाइरसले सबै लाई आक्रान्त पारेको छ। यसका केहि सकारात्मक पक्षहरु पनि हाम्रा सामुन्ने आउदै छ्न।
प्राकृतिकरूपमा भन्नु पर्दा शताब्दी कै नवीनता प्रभावहरु देखिदै छन। तर मानव समाजको बिनाश पनि यसले निम्त्याएको ठुलो दुर्भाग्य हो। समग्रमा भन्नू पर्दा द्वन्द्वात्मक परिणाम मानव समाज र प्रकृतिले प्राप्त गरेको छ।
यो भाइरसले विश्वमा मानवजाति र उसले आविस्कार गरेका अत्याधुनिक आणविक शक्तिलाई सम्भवत साबित गरिरहेको वर्तमान अवस्थामा प्रकृती, मानव जगत र पृथ्वीको रक्षा ,विकास र समुन्नतिका लागि नयाँ खोज,अन्वेषण गरि यसको अस्तित्वको लागि नबिनतम विकल्प दिनुपर्ने जिम्मेवारी मुलतः समाज बिज्ञान ,प्रकृति बिज्ञान र मानवशास्त्र बिज्ञानका जानकारहरु को हुन जाला,तर पनि हामीले हाम्रो जिम्मेवारी बाट पन्छिनु कदापि शोभनीय हुदैन।
यसै सन्दर्भमा हामीले पनि यो भाइरस संगको लडाईमा आंशिक सफलता प्राप्त गरि रहेका छौं। यो सफलता प्राप्त गर्नुमा मुख्य भुमिका हामी मै जान्छ र यो लडाइँ नतिजा सत् प्रतिशत निकाल्न अझै मेहनत गर्नु पर्ने देखिन्छ। आज सम्मको अवस्था हेर्दा सरकारको भुमिकामा प्रश्न चिन्ह खडा भएको छ। सरकार ब्यबस्थापनको मामिलामा निकै कमजोर बनेको छ।
दुनियाँमा सबैले आ-आफ्ना नागरिकलाई जनजीविका को सवाल भरपुर काम गरेको देखिन्छ। तर हाम्रो देशमा यो अवस्थालाई सम्पत्ति आर्जनगर्ने गरी योजना बनाइन्छ र कार्यन्वयनमा नि त्यसरी नै लगिन्छ। यसको पछिल्लो उदाहरण हो मेडिकल सामग्री खरिदमा देखिएको अनियमितता।
आज संसारबाट महाव्याधिले लखेटिँदै माया र सुरक्षाको खोजीमा लाखौं मानिसहरू घर फर्किरहेका छन्। कहिल्यै नगए पनि अफ्ट्यारो पर्दा ओत दिने आफ्नो भूगोल छ भन्ने आत्मविश्वासका साथ घर फर्किएकाहरु सिमानामा अलपत्र छ्न।
कसैलाई हवाईजहाजमा ल्याएर सबै सुबिधा दिएर क्वारेन्टाइनमा राखिन्छ भने कसैलाई सिमानामै अलपत्र पारिन्छ। तानाशाह भनिएका राजाले २ करोड आर्थिक सहायता कोषमा जम्मा गर्दा,सर्बहारा घोषित महाराजाहरु ले करोडौं रकम अनियमितता गरेको खबर सुनिन्छ। त्यसैले सबै आ-आफ्नो ठाउँबाट सचेत बनौं।
भाइरस संगको लडाइँमा हाम्रो ध्यान केन्द्रित गरौं। यो लडाइँ हामीले अथवा मानव समाजले जित्नु पर्छ। यो एउटा अस्तित्वको लडाइँपनि हो। त्यसपछि हामीले सबै अहिलेका राज्य संचालकहरु संग सबै हिसाब किताब लिनु पर्छ।










