लकडाउनमा दैनिक मजदुरी गर्नेहरुको चित्कार र हाम्रो कर्तव्य

करुणा शाह (महारानी)

लकडाउनमा दैनिक मजदुरी गर्नेहरुको चित्कार र हाम्रो कर्तव्य

दिन भरी काम नगरी साझ खान पुग्दैन के गर्ने काम गर्नै पर्यो । लकडाउन भनेको उनिहरुले लागी बजार बन्द र बाहिर नजाने बुझेका छन् ।

खै मास्क लगाएको अनि बाहिर किन निस्किएको भन्दा उनीहरुको जवाफ हामी दिनभरी काम गर्ने मानिस फोहर मैला टिप्नु पर्छ। फेरि सबैले मुख छोप्ने कालो पट्टि पाए तर हामी गरिब भएर होला हामी लाई कसैले दिएनन् ।

बजार बन्द भएको धेरै दिन भयो घरमा चामल, दाल छैन नेपालगन्ज लग्दवाका ३२ वर्षिय राधेश्यामले बताए ।

उनिहरुको काम दिनभरी ठाउँ-ठाउँमा गयर कवाड ( फलाम, प्लास्टिक, पुराना कापी किताब ,शिसी , बोतल ) संकलन गर्ने हो ।

५ जनाको परिवार उनीहरु सबै संगै काममा निस्किन्छ्न । छोराछोरी स्कुल जादैनन भन्दा…. ‘क्या करे बहिन पढके कुझ काम नहि, काम मिल्ता नहि । फिर हमारा कोइ नहि को लगाइ हमारा बाल बच्चा को नोकरि ‘

साच्चै नै स्कुल जाने समयमा दिनभरी बुवा आमा संग काममा निस्किनु उनिहरुको बाध्यता हो । अहिले बिश्व भरी फैलिएको माहामारि रोग कोरोना भाइरस कोभिड १९ को महामारीले अहिले बिश्वभरका मानिसमा डर र त्रासले घर बनाएको छ । एक ब्याक्तीबाट अर्को ब्यक्तीमा सर्ने यो रोग माहामारी को रुपमा फैलिएको पुरै बिश्व जगत त्रासित बनेको छ ।

चीनबाट शुरु भएको यो भाइरस अहिले चीनमा सकिएको छ भने बिश्वभरि फैलिएको छ। अहिले यो भाइरस युरोप र अमेरिका मात्र नभइ बिश्वका सबै जसो देशमा फैलिएको छ। नेपालमा अहिलेसम्म ६ जना लाई मात्रै यो संक्रमण देखिएको स्वास्थ मन्त्रालयले पुस्ठी गरेको छ ।

महामारीको रुपमा फैलिएको यो कोरोना भाइरसको प्रमुख लक्षण बढी जोरो आउने, सुख्खा खोकी लाग्ने , थकाइ लाग्ने हो तर यो हुदैमा आफुलाइ कोरोना नै भएको वा नभएको बुझ्न नजिकको स्वास्थ केन्द्रमा चेकअप गर्न तुरुन्तै जानुपर्छ ।

मन तातो पानी पिउने , हरियो सागसब्जि खाने, झोलिलो खाने कुरा सेवन गर्ने । (कागती,प्याज, गाजर,काक्रा ) खानु पर्छ। कोरोना भाइरसबाट बच्नको लागि सरकारले नेपालभरि लक डाउन गरेको छ। यसको प्रत्यक्ष असर दैनिक रूपमा ज्याला मजदुरि गरेर खानेलाई परेको छ ।बिरामि लाई पनि परेको छ। इमेरजन्सी बिरामीलाई मात्र अहिले अस्पतालमा भर्ना गरिएको छ । अहिलेको समय निकै जटिल समय हो ,यो समयमा हामी लकडाउनको पालना गर्दै घर मै सुरक्षित तरिकाले क्वारेन्टाइनमा बसौ।

कसै कहाँ नजाउ र आफू कहाँ पनि यो समयमा पहुनालाई नबोलाउ । साथिभाइ आफन्त संग भेटघाट गर्नु हुदैन ।मास्कको अनिवार्य प्रयोग गर्ने । सेनिटाइजर को प्रयोग गर्ने । हातले आँखा,नाक, मुख नछुने। अत्यावश्यक काममा मात्र बाहिर जाने । सरकारले गरेको यो निर्णयलाई सबैले पुर्ण रुपमा पालना गर्नपर्छ। तपाईं हामी सबैको सहयोगले हामिले कोर्नालाई जित्न सक्ने छौं ।

२५ गतेसम्म सरकारले लकडाउनको समय तोकेको छ।अहिले देश भरिका बजार, स्कुल , कलेज, उधोग, कलकारखाना बन्द छ्न । प्रशासनले अत्यावश्यक खाघन्न , तरकारी ,पानी ,औसघी किन्न छुट दिएको छ।

अहिले सबै जना सुरक्षित तरिकाले हामी घरमै क्वारेन्टाइनमा बसेको छौ। रेडियो,टिभि,पेपरमा र फोनको रिङ टाेनमा समेत कोरोना कै न्युज साथै सबैले समाजिक संजाल फेसबुकमा समेत कोरोनाकै न्युज अपडेट गरिरहेका छ्न । तर केहि भने पुष्ठि नभएको न्युज पनि अपडेट गरिरहेको देखिन्छ। यो समयमा अफवाह फैलाउने समाचार पोस्ट नगरौ।

अहिले निकै ब्यस्त हुने नेपाली कलाकारले पनि समयको सदुपयोग गरिरहेका छन् । भर्खर मात्रै बिबाह बन्धनमा बाधिएका नायिका प्रेयंका कार्की र नायक आयुसमान देशराज जोशि दुबै मिलेर यो समयमा किचेन मा आफुलाइ मनपर्ने परिकार बनाएर खादै र परिवार लाई खुवाउदै छ्न ।

चर्चित नायक पल शाह पकन ,कफि र अन्य मन पर्ने परिकार खादै पुरै समय घरमा मुवा बुवा र बहिनी संग बिताइरहेका छ्न । निर्देशक ,निर्माता,नायक निश्चल बस्नेत र उनकि श्रीमती नायिका स्वास्तिमा खड्काले पनि बिहान घर मै एक्सर्साइज गर्ने र आगामि प्रोजेक्टको बारेमा पलान गर्ने तथा फेसबुकमा साथीभाइ आफ्न्तसंग कल गरेर दिन बिताइरहेका छ्न ।

हामी सबैलाई थाहा छ स्वस्थ्य सबै भन्दा ठुलो कुरा र सम्पती हो ।स्वस्थ्य हुदा हामी निरोगी हुन्छौं खुशि र शुखी हुन्छौं । कोरोनाबाट आफु पनि बचौ र अरुलाई पनि बचाउ । सरकारले देश तथा बिदेशबाट नेपालनाकामा अलपत्रमा परेको नेपाली दाजु भाइ दिदि बैनी आमा बुवालाई समय मै उद्दार गर्नु पर्यो ।

दिनभरि काम गरेर छाकटार्ने अति बिपन्न परिवारलाई यो समयमा खाघन्नको ब्यबस्था गर्नु जरुरी छ।अहिले विभिन्न सङ्सस्था .समुदाय ब्याक्तीहरुले अलपत्रमा परेकालाई खानपिनको ब्यबस्थाका साथै राहत कोषमा सहयोग गरिरहेका छ्न ।

नेपालगन्ज उघोग बाणिज्य संघले खाघन्नको लागि घुम्ती शिबिर सन्चालन गरे को छ।उपमहानगरपालिकाले राहत कोष खडा गरेको छ। पुर्ब राजा ज्ञानेद्र शाहले हिमानी कोष मार्फत २ करोड रुपैयाँ दिएका छ्न । यस्तै भाटभटिनि सुपर मार्केटले ५० लाख राहत कोषमा र ५० लाख औसधीमा सहयोग गरेको छ। सि जि कम्पनीका प्रो ले एक करोडौं दिएका छ्न ।

लकडाउनमा तपाई घर भित्र बस्नुहोस हामी तपाईको सुरक्षा मा बाहिर छौ को सोलोगन सहिल जनताको सुरक्षामा बजारको चोक चोकमा नेपाली सेना, नेपाल प्रहरीं, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी दिन रात खटिएका छ्न ।

अस्पतालमा डाक्टर र नर्सले सेवा दिरहेका छ्न ।उनिहरु लाई पनि यो समयमा आफ्नो स्वास्थको चिन्ता, घर परिवारको चिन्ता पक्कै छ। संचारकर्मीहरु नागरिकलाइ सुचना तथा जानकारि दिन गर्न दौडधुपमा छ्न । हरेक मिडियामा साथै माइकिङ गर्दा पनि अटेरी गरि नियम को उल्लंघन गर्नेलाई प्रहरिले बाध्य भएर ठाउँ ठाउँमा लठ्ठी चार्ज गर्नु परेको स्थिती छ।तर हामि सबैले यो हाम्रो लागि नै हो बुझनु जरुरी छ ।

सरकारले गरेको निर्णयमा हामी सबैले सहयोग गरौ ।राहत कोषमा जम्मा भएको रकमको दुरुपयोग नहोस ।माहामारिको रुपमा फैलिएको रोग कोरोना भाइरस बाट बचौ र बचाउ र देश मा ६ जना सक्रमित हरु को शिघ्र स्वास्थ लाभको कामना छ ।


प्रतिक्रिया