कविता : नयाँ वर्षको शुभकामना !

सुष्मा सुवेदी

कविता : नयाँ वर्षको शुभकामना !

बसन्तको पालुवासंगै आएको नयाँ वर्ष
कतै टुप्पोमा किरा नलागोस् ।
सबैका निम्ति आशाको दियो लिएर आएको नयाँ वर्ष
कोरोनाकै मात्र अनवरत सङ्घर्ष ।।

अनि दु:ख दर्दको मार्मिक उद्गार नबनोस्
भविष्य अशान्त छ, अन्योल छ ।
भोक र भुडीको सङ्घर्षमा नमिचियोस्
हो , कोरोना थपिएको छ, विगतका वर्षहरुले थाती राखेर ।।
विकास र समृद्धिका इच्छा आकांक्षा र भरोसा माथि
हो चुनौती थपिएको छ ।

२०७६ ले २०७७ लाई कोरोना हस्तान्तरण गरेपछि
यो नयाँ वर्षले कोरोनालाई विश्वबाट निर्मुल पार्दै ।।
समृद्ध भविष्यको शिलान्यास गरोस्
शुभकामना छ सबैलाई नयाँ वर्षको ।
हासो , उल्लास र सफलताको वर्षा बनोस्
शुभकामना , शुभकामना, शुभकामना ।।

प्रतिक्रिया