शंकर शर्मा, काठमाण्डौं

कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेलामा नेपाल पनि त्यसबाट अछुतो हुन सक्ने कुरै भएन । थोरबहुत कम र बेसी मात्र प्रभाव भएता पनि कोरोना भाइरसबाट बच्न नेपाल सरकारले पनि केहि न केहि व्यवस्था तथा व्यवहार लागु गर्नु स्वाभाविक नै हो ।
यसै क्रममा गत चैत्र ११ गते देखि सरकार द्वारा मुलुकमा लागु गरिएको लकडाउनका कारण केहि समस्याहरु देखिन आए । सरकारले राहत वितरण कार्यलाई अगाडि बढाइरहदा वास्तविक विपन्न तथा समस्याग्रस्त जनतामा राहत नपुगेको गुनासो विभिन्न मिडियाहरुमा आईरहदा विभिन्न जिल्लाबाट काठमाण्डौं तथा अन्य ठाउका विकास निर्माणको काममा ज्याला मजदुरी गर्ने जनताहरु भोकभोकै पैदलै आआफ्नो जिल्ला फर्किंन थाले ।
यसले लकडाउनको उल्लंघन हुनुको साथै महामारी फैलन सक्ने शंका पनि उन्पन्न भएको हो । साथै अर्को कुरा ती पैदल यात्री मजदुरहरुको स्वास्थ्य तथा खानपिन र बसोबासको समस्याले समेत धेरैलाई पिरल्यो । यो समस्यालाई सरकार तथा सरकारी संयन्त्रले स्पष्ट रुपमा संवोधन वा व्यवस्थापन गर्न नसक्दा स्थिति भयावह हुने खतरा पनि त्यत्तिकै देखियो ।
त्यसपछि यो समस्या समाधानको लागि व्यक्तिगत रुपमा केहि नागरिक, नीजि क्षेत्र तथा केहि संघसंस्था र स्थानीयहरु नै लागिरहेका छन् । ती पैदल यात्रु मजदुरहरुलाई खानपिनको व्यवस्था गर्नु, वसोवासको व्यवस्था गर्नुको साथै सम्भव भए सम्म सवारी साधनको व्यवस्था गरी उनीहरु कै थातथलोसम्म पुर्याउने प्रयास भईरहेको छ ।
काठमाण्डौंबाट पुर्व तथा पश्चिम करिब ५ सय किलोमिटर भन्दा पनि टाढाका जिल्ला सम्म जानका लागि ती मजदुरहरु पैदलै हिडिरहेको दृष्य हरेक दिन जसो विभिन्न मिडियामा पनि आईरहेको छ । उनीहरुलाई सरकारले उचित व्यवस्था गर्न नसक्नु वा सरकार प्रति उनीहरुको विश्वास नहुनुले पनि उनीहरु आफै यस्तो खतरापुर्ण यात्रा गर्न वाध्य भएका हुन् ।

यो उनीहरुको लकडाउन प्रतिको बिरोध नभई सरकारले उनीहरुलाई बुझाउन नसक्नु वा उनीहरुले नै नबुझ्नु हो । यो महामारीमा त्यसै पनि मरिने भैयो, बरु घरै गएर मरुला भन्ने भय र त्रासले गर्दा पनि उनीहरु यसरी पैदलै आफ्नो घरतिर हिंडिरहेका अनुमान लगाउन सकिन्छ । उनीहरु कहिले मुख्य बाटो त कहिले जंगलको बाटो हिंडिरहेका छन् । न समयमा केहि खान पाएका छन् न त कुनै औषधि उपचार नै पाएका छन् ।
यस्तो दुर्दशालाई देखेर सहयोगी मन भएका व्यक्ति तथा संघसंस्थाहरु उनीहरुको सहयोगमा हात अगाडि बढाईरहेका छन् । विशेष गरी राष्ट्रिय राजमार्गमा पर्ने विभिन्न जिल्लाका व्यक्तिहरु अहिले सामाजिक संजालको व्यापक सदुपयोग गरी वा टेलिफोन मार्फत ती पैदल यात्रीको सेवा जुटाईरहेका छन् । धादिंग, चितवन, स्यांजा, पाल्पा, नवलपरासी, मकवानपुर, रुपन्देहि, दांग, बांके, बर्दिया तथा काठमाण्डौं लगायतका जिल्लाहरुबाट थुप्रै व्यक्तिहरु यो सहयोगी कार्यमा लागिरहेको बताउछन् यसै सहयोगी समुह मध्येका एक गुलरिया, बर्दियाका ज्योति पन्थी ।
जनुसुकै जिल्लामा ती पैदल यात्रुहरु समस्यामा परेको खबर जहाको व्यक्तिले पाए पनि सम्बन्धित जिल्लाका अर्का यस्तै सहयोगी व्यक्तिलाई खबर गरेर सहयोग जुटाउने काम भईरहेको बासगढी, बर्दियाका सहयोगी विपिन पौडेल बताउछन् । यसमा विभिन्न ठाउका उद्योग व्यापार संघ, लायन्स क्लब, स्थानीय युवाहरु लगायत स्थानीय निकाय तथा स्थानीय प्रहरीले समेत सहयोग एवं समन्वय गरिरहेका छन् ।
तर यसमा सर्वोच्च अदालतले सरकारलाई ती पैदल यात्रीलाई गन्तव्यमा पुर्याउन आदेश दिनु तर सरकारले जहाको तहि रोक्नु भन्ने कुराले भने सबैलाई अन्यौल बनाएको छ । जे होस्, यो गतिविधिले के प्रष्ट पारेको छ भने अझै पनि मुलुकमा कुनै पनि संकट आउदा आवश्यक सहयोग दिने, गर्ने मन र मस्तिष्क भएका व्यक्तिहरु छन् र मुलुकबाट मानवियता हराएको छैन ।

यो सहयोगमा सकृय सहभागिता जनाउने केहि व्यक्तिहरुको विवरण यसप्रकार छ । यदि अझै पनि केहि सहयोग चाहिएमा सम्पर्क गर्न सक्नुहुनेछ ।
ज्योति पन्थी, गुलरिया ९८५८०२४०१० विपिन पौडेल, बासगढी ९८५६०२२७८१ रविन्द्र उपाध्याय, बासगढी ९८६२४९७१०६ युवराज अधिकारी, बर्दिया ९८४८०५७३५२ लाल बहादुर श्रेष्ठ, बर्दिया ९८५८०२५९४५ अर्जुन सुवेदि, बर्दिया ९८५८०३८८८८ एकनारायण अधिकारी, बासगढी ९८५८०८२०८० रेशम अधिकारी, बासगढी ९८५८०३४२२७ संतोष बास्तोला, बासगढी ९८५८०४७५१० चक्र अधिकारी, कोहलपुर ९८५८०२०८८४ बिष्णु खनाल, कोहलपुर ९८५८०२९६१८ तेज अधिकारी, कोहलपुर ९८५८०२४३६५ हरी बिष्ट, सुर्खेत ९८५८०५०२३२ भिम बहादुर थापा, अगैया ९८६०२३३०९० रत्न श्रेष्ठ, लमहि ९८५७८४०१६२ लक्ष्मी कडेल, भालुवांग ९८५८०९०८१२ अरुण खनाल, बुटवल ९८५७०३५२२९ बेलनाथ शर्मा, नवलपरासी ९८४८१७७७०२ कृष्ण खनाल, चितवन ९८४९९७०२१६ दिपकराज मिश्र, हेटौंडा ९८५५०६८०४९ सांसद तुलसा थापा, काठमाण्डौं ९८४१५१६७७० सांसद विमला बिक, काठमाण्डौं ९८५८०३०२५९ हरिष गौतम, काठमाण्डौं ९८५१०९०९०९










