कोरोना, लकडाउन र प्रकृति/पर्यावरण

त्रिलोचन सुवेदी

कोरोना, लकडाउन र प्रकृति/पर्यावरण

अहिले देश अझ भनौ बिश्वनै कोरोनाको वरिपरि घुमिरहेको छ । कोरोना शब्द नसुन्ने, कोरोनाको बारे थाहा नपाएको मानिस सायद म भेट्टाउन सक्दिन । मलाई थाहा छ तपाईले पनि काँहा सक्नु भेट्टाउन र खोज्न पनि पछि लाग्नु हुने छैन । किनकि अहिले दुधे बच्चा देखि दात फुत्केका बृद्धहरुले पनि दिनमा सयौँ पटक उच्चारण गर्नुहुन्छ कोरोना शब्द ।

साच्चै गालि र सराप लाग्ने थियो भने यो कोरोना आजसम्म नाम निसाना मेटीएर काहा पुग्ने थियो होला ? युवाहरू घुम्न डुल्न नपाएर सरापिरहेका छन केटाकेटि बिद्ध्यालय जान नपाएको खेल्न नपाएकोमा सरापिरहेका छन पढेर ठिक्क अवस्थामा बसेका विद्ध्यार्थि परीक्षा दिन नपाएर सरापिरहेका छन ।

नाथे कोहि माईकलाल लाई नटेरी एक छत्र त्रास फैलाईरहेको छ कोरोना । हुने हार दैब नटार भनेको यहि रहेछ । कोरोनाको भाईरसले पूरा विश्व हल्लाईरहेको छ । मै हु भन्ने देशलाई पनि त्राहि त्राहि मा राखेको छ । अहिले सम्मको स्थिति हेर्ने हो भने चिनमा बाहेक अरू देशमा कोरोना सङ्क्रंण नियन्त्रण बाहिर रहेको छ ।

चुपचाप भित्र बस्ने, सरसफाईमा ध्यान दिने र सामाजिक दुरि कायम राख्ने बाहेक केही गर्न सक्दैनौ हामी नाथे सर्वश्रेष्ठ कहलिएका मानव जाति । बिश्वमै कहलिएका नाम चलेका बैज्ञानिकहरू पनि भरपुर लागिपरेका छन कोरो बिरूद्धको भ्याक्सिन बनाउन, कोरोना माहामारि रोक्न तर सम्भव भएको छैन । प्रथाना गरौ चाडो भन्दा चाडो नियन्त्रण र खोपको पत्ता लाग्ने छ । अनि हामी उफ्रि उफ्रि चिच्चाउदै भन्ने छौ नाथे कोरोना पाखा लगायौ । ” वि आर दि जिनियस” ।

विश्व अहिले छट्पटाई रहेको बेला नेपालको अवस्था के छ त्यो मैले भनिराख्नु परेन । किनकि तपाईलाई थाहा छ, म भन्दा धेरै तथ्याङ्क , म भन्दा धेरै समस्या ,म भन्दा धेरै समाचार र पछिल्लो अवस्था ।

म आज हाम्रो समस्या भन्दा पनि थोरै प्रकृति र वातावरणको बारे आफुलाई लागेको कुरा र पछिल्लो नतिजा बारे केहिकुरा पोख्न यत्तिका शब्द प्रयोग गरिरहेको छु । चिनको वुहान बाट सुरू भएको कोरोनाले २०१९ डिसेम्बर ३१ बाट आफ्नो चिनारि देखायो ।

चिनको बुहान सहरमा मात्र हैन पुरै चिनमा फैलियो बिस्तारै बिश्वका करिबन २१० देश भन्दा बढिमा फैलिएका तथ्याङ्क हरू आउन लागे । बिश्वकै सर्व शक्तिशालि ठानिएका देशमा तिब्र रूपमा फैलिएको र मानविय क्षति को तथ्याङ्क आउन थालेपछि नेपालले पनि आफू सुरक्षित रहनुपर्ने अन्यथा अवस्था भयाभव हुने निश्कर्श निकाल्यो र २०७६ चैत्र ११ गतेदेखि लकडाउन (बन्दाबन्दि )घोषणा गर्यो ।

आजका दिन सम्म नेपालमा पनि लकडाउन कायमै छ । बेलैमा सझकता अपनाएकै कारण भनौ यो लेखिरहदाको समय सम्म र मैले थाहा पाए सम्म ३१ जना सङ्क्रमित भएका र जसमध्ये ४ जना निको भएर डिस्चार्ज भएको जानकारि छ । यो तथ्याङ्कमा प्राय बाहिरी भुमि बाट आएका र बाहिर वाटै सङ्क्रमित भएर आएको खुलेको छ ।

कैलालिको एक जना वाहेक अरू सवै बाहिरि भुमिबाट सङ्क्रमण सङ्गै नेपाल भित्रिएको जानकारि छ । नेपाल सङ्गै बिश्वको धेरै जसो देशमा अहिले सामाजिक दुरि कायम राख्न र सङ्क्रमण नफैलियोस भन्नका लागि बन्दाबन्दिको अवस्थामा छ । बन्दा बन्दिको कारण गाडि कारखाना रेल हवाई सेवा समेत बन्द छन ।

फोहोर मैला जथाभावि रूपमा देख्न पाईदैन ।मान्छे स्वतन्त्र रूपमा बाहिर हिड्डुल गरेको छैन । जसको प्रतक्ष असर प्रकृति मा देखिएको छ । बिश्वकै प्रदुषित भनिएका शहर हरूमा अहिले प्रदुषण लेवलमा हरियो सुचक देखिएको छ । जुन सुचक मानव जिवनका लागि अत्यन्तै उपयुक्त हो । काठमाडौं लगाएतका ठुला सहरबाट निलो सफा आकाश देख्न नपाएकोमा करिबन २०/४० बर्ष पछि कञ्चन निलो आकाश देखिएको छ यो समयमा ।

मानव जातिबाट आक्रान्त परेका जीव जन्तुहरूले पनि अहिले वास्तविक प्रयावरणमा फर्किने उचित समय पाएका छन । प्राणि शास्त्रि पा.डा मुकेश चालिसेका अनुसार यो समय त्यस्ता प्राणी जुन प्राणिलाई हामिले आत्मनिर्भर हुन बाट बिगारेका छौ! त्यस्ता प्राणिहरू वास्तविक प्रयावरणमा फर्किन एकदम राम्रो समय भएको कुरा हिमाल खवरमा प्रकासित उनको लेखमा पढ्न सकिन्छ ” ।

यस बाट हामिले बुझ्न सक्छौ कि वातावरण बिनास सङ्गै केहि प्राणी जस्लाई हामिले उनिहरूको आफ्नो दिनचर्या र जीवन शैली फेरिदिएका छौ र पर निर्भर हुन सिकाएका छौ । उदाहरणका लागि अहिले पशुपति स्वयम्भू लगाएत क्षेत्रका बादर हरू हेर्न सक्छौ ।

बादर बनमा डुल्ने बस्ने र बनकै कन्दमुल खाने प्राणि हो तर दैनिक मानव आवत जावत तथा उनिहरूले दिने चारो खान पाउने भएपछि यश क्षेत्रका वादर हरू बन चाहार्न छाडे र भक्तजन /मानव पर्खन थाले , पछि पछि मान्छेले खान नदिएपछि र हातमा केही सामान देखेपछि आक्रमण गरेर सामन खोस्ने प्रवृति काठमाण्डौ बासिले भोगेको कुरा हो ।

अहिले यो लकडाउनमा ती बादर हरू भोकले खान नपाएर मर्न थालेको सुनिन्छ । जसबाट हामिले प्राणि हरूको प्रकृति सङ्ग रमाउने र प्रकृति सङ्ग जुधेर बाच्न सक्ने क्षमता बिनास गर्दै गएका रहेछौ भन्ने पुष्टि हुन्छ । माहान बिद्वान डार्विनको ले प्रतिपादन गरेको शिद्धान्त अनुसार जुन प्राणि यो प्रकृति र प्रयावरण सङ्ग जुध्न सक्छ त्यसको अस्तित्व यो पृथ्वीमा रहि रहन्छ अन्यथा त्यो प्राणि लोप भएर जानेछ ।

तसर्थ हामिले प्रयावरण संरक्षण गर्नु अत्यावसेक हो भने , जीव जनावरको क्षमता /चक्र बिगार्नु र प्रकृति बिनास गर्नु हाम्रो माहा गल्ति हो ।यो समयमा बायुमण्डलले पनि स्वरूप फेरेको छ तापक्रम वृद्धि रोकिएको छ पर्दुषण धटेको छ । वास्तविक प्रकृतिर स्वरूप सुन्दर सफा हुन थालेको छ । तसर्थ यो लकडाउनको समयले हामिलाई केही बुझ्ने र गल्ति सच्चाउनका लागि राम्रो समय दिएको छ पछिल्लो १९७० को दशक पछि हेर्ने हो भने हामिले प्रकृतिलाई आफूअनुरूप चलाउन खोज्यौ बिगार्न खोज्यौ ।

प्रकृति हाम्रो अनुरूप के चल्थ्यो ? वातावरण प्रति हाम्रो र व्यवहार वातावरण विगार्न , बिनास गर्न लागिपरेको लगाव हे्रने हो भने र तेहि बराबरको पङ्गा लिन प्रकृतिले खोज्ने हो भने सायद भयाभह स्थिति को लेखाजोखा राख्न सक्ने पुस्ता/बिद्वान कुनै भिन्न ग्रह तिर खोज्नु पर्छ । बन मास्दै गयौ अक्सिजनको सिलिन्डर किन्दै छौ ।

पहाड डाडा काडा मासेर बाटो निकाल्यौ । दुरि घटायौ । सुगर, प्रेसरको धनि भएर मर्निङवाक गर्दै छौ । गाउँ बिर्सियौ, अर्गानिक खाना बिर्सियौ । पोषण पुर्ति गर्न भिटामिन मिनरल को लागि ट्याबलेट खोज्दै छौ । हामी बिद्वान भएको घमण्ड गरिरहेकाछौ हामिले वातावरण बिगारिरहेका छौ वातावरण बिनास गरिरहेका छौ प्रकृति हाम्रो अनुरूप के चल्थ्यो ? तसर्थ अव हाम्रो मानसिकता परिवर्तन गर्नु जरूरि छ ।

वातावरण र विकास लाई सङ्गै राखेर जित-जित (Win-Win situation ) को स्थिति सिर्जना गरेर मात्र अघि बढ्नु जरूरि छ । विकास गर्दा प्रकृति दोहन र बिनास गरेर होईन प्रकृति र प्रयावरणको पनि विकाश गर्दै अगाडि बडौ शुन्दर भविष्यको शिर्जना गरौ ।

अन्तयमा कोरोना माहामारी छिट्टै नियन्त्रण होस र कोरोनाबाट हुने क्षति शुन्य होस भन्ने प्रार्थना गर्दछु । सुरक्षित सफा र स्वस्थ रहनुहोस ।

प्रतिक्रिया