कोहलपुरमा किन यस्तो लापरबाही ?

सुमन घिमिरे

कोहलपुरमा किन यस्तो लापरबाही ?

कोभिड -१९ को महामारीले अहिले पूरा विश्व चपेटामा छ । अमेरिका , युरोप लगायतका शक्तिशाली मुलुकहरु यस्को अगाडि निरीह भएर बसेका छन । चिनको बुवान बाट सुरु भएको यो भाइरस इपिसेन्ट अहिले युरोप , अमेरिका हुँदै भारत आइपुगेको छ ।

भारत आइपुगेकाले हामी पनि जोखिमको दृस्ठिकोणले अत्यन्तै गम्भीर अवस्थामा छौ । केही डाक्टरहरुले नेपाल कोरोनाको तेस्रो चरणमा प्रबेश गरिसकेको कुरा बताइरहदा हाम्रो सहर कोहलपुर आफ्नै तालमा छ ।

उदयपुरको मस्जिदमा बसेका १२ मध्ये ११ भारतीयलाई कोरोना पोजेटिभ देखिए पछी अलिकती नेपालमा पनि यस्ले उग्र रुप लिने हो कि भन्ने चिन्ता आम जन मानसमा परेको देखिन्छ । कोहलपुर पश्चिम नेपालको केन्दृबिन्दु हो । विभिन्न दृस्ठिकोण ले यस्को विभिन्न महत्त्व छ ।

पूरा विश्व लकडाउनको अवस्थामा रहदा कोहलपुरमा एउटा समूह १० रुपिया किलो काक्रा बाडिरहेको छ भने अर्को समूह ५ रुपिया किलो ! यो महामारिको बेला यो जायज छ त ? काक्रा राजनीति ले कहाँ पुगिन्छ ? काक्रा राजनीति को प्रवृत्तिले कोहलपुर कसरी अगाडि बड्ला ? पैदल आफ्नो गन्तब्य हिडेका यात्रुलाइ सक्ने सहयोग गर्नु मानबिय कार्य हो , त्यस्मा दुई मत छैन तर पार्टिका ब्यानर र झन्डा मुनि भन्डारा लगाउनुलाई कसरी बुझ्ने हो ?

समाजसेवा झन्डा र ब्यानर बिना पनि गर्न सकिन्छ भन्ने कुरा आजको पिडिले बिर्सेको हो त ? के यो राजनीति गर्ने बेला हो ? अलपत्र यात्रुको ब्यस्थापन र तिनलाइ गन्तब्य सम्म पुर्याउन नगरपालिका असमर्थ हो ? राजनीतिको नाममा कोहलपुरमा कोरोना भित्रीयमा त्यस्को जिम्मा कस्ले लिने हो ? कोहि ब्यानर लगायेर भन्डारा गर्ने , कोहि यस्तो संबेदनसिल बेलामा दिप प्रज्वलन गर्ने , कोहि आफ्नै कार्यलयमा संयौ मान्छेलाइ लाइन लगायेर अन्डा बाड्ने , अचम्म छ।

कोरोना ल्याउन किन यस्तो होड्बाजी ? कोहलपुर नगरपालिका , इलाका प्रहरी कार्यलय कता छन ? अब यस्को शसक्त प्रतिकारको आवस्यकता छ हैन भने कोहलपुर कोरोनाको इपिसेन्टर बन्ने छ । जहाँ ट्रान्जिट हुन्छ त्यही इपिसेन्टर हुने हो ।

कोहलपुर चौराहमा बडेको भिडभाडले कोहलपुरमा कोरोना भित्रीयमा यस्को जिम्मेवारि कस्ले लिने ? भित्रीएमा त्यसबाट दुख पाउने त फेरि तिनै गरिब जनता त होलान ? हैन र ? चाहे कम्युनिस्ट हुन वा काङ्ग्रेस , अहिले राजनीति बन्द गरौ ।

कोहलपुरमा कोरोना भित्रीन नदिन उच्च सतर्कत अपनाउ । केही कारणले कोरोना भित्रीएमा कोहलपुर बासिले कसैलाइ माफ गर्ने छैनन ।

प्रतिक्रिया