शहरका विद्यार्थी गाउँपालिकाको खेलौना

जयपती ढकाल :

शहरका विद्यार्थी गाउँपालिकाको खेलौना

शहरका विद्यार्थी गाउँपालिकाको खेलौना जस्तै बनाएको छ ।ताँजाकोट गाउँपालिका गाँउकार्यपालिकाको कार्यलय मैला हुम्लाले २०७७/०१/१५ गतेको निर्णय अनुसार अध्ययन लगायत अन्य कामकाजको लागि विशेष गरि सुर्खेत ,नेपालगन्ज र काठमाडौमा रहि कोरोना भाइरस कोभिड १९ का कारण पुरै देश लगडाउन हुदा अलपत्र परेका ताँजाकोट गाँउपालिका वासिलाइ उद्दार गरि सुर्खेत कालिकोट हुँदै मुगुको गमगडी सम्म पुर्‍याउने निर्णय गरेको हो।


सो निर्णयमा उल्लेख गरे अनुसार संबंधित शहरमा बसेका ब्यक्ति नेपालगन्जको लागि जयपती ढकाल ,धन बहादुर मल्ल,सुर्खेतकोलागी मन ऋषि शर्मा ,धुर्वराज बोगटी र काठमाडौको लागि मोहन दमाई ,नवीन शाही लाई जिम्मा दिई विभिन्न विद्यार्थीहरु सम्पर्क गर्ने र गराउने काम केही दिनको लाई क्रमश बढ्दो रहे पनि सम्पुर्ण ताँजाकोट गा .पा हुम्ला सम्पर्क आय पनि फेरि फेरि गाँउपालिका भने अन्योल पारेको छ ।

विद्यार्थी बेहाल अवस्थामा छन ,सम्पर्क गर्न लेखिएको ब्यक्ति हरुला दिन प्रती दिन सत्याउने काम गरिरहेका छन अब के गर्ने कस्तो गर्ने भन्ने अवस्थामा छन ।

२०७७/१/२०गते अर्को निर्णय गरेर जहाँ छन त्यही ब्यवस्थापन गर्ने भने पनि अहिले सम्म कुनै खास खबर आएको छैन ।

हिमाली तथा मध्य पहाडी जिल्लाका गाँउपालिकाकाले विभिन्न माध्यमबाट उद्दार गरेको भए पनि तर ताँजाकोट गाँउपालिकाले भने केही नगरेको विद्यार्थीहरु गुनासो छ,विद्यार्थी भन्दै छ केटाकेटी आय, गुलाली खेलाए भने जस्तो गरेकोमा ताँजाकोट गाउँपालिका प्रती आपती जनाएका छ ।

हामी जहाँ छौं त्यहा सुरक्षीत छौं । लगडाउन हुनुभन्दा पहिलानै हामी सजक भएकोको बताउछन । कोरोनाको चेक चाँज गराएर भए पनि आफ्नो गृहजिल्ला जान चाहेका छन । विभिन्न निकाय सरोकार वालासँग हारगुहार गरेर अल्पत्र परेकालाइ उद्दार गर आग्रह गरेका छन ।

नजिक बैंक ,आइ एम इ नभएर घरबाट पनि पैसा आउन नसकेको यहाँ समस्यामा परेको बताउछन । हामी हरुको छिटो भन्दा छिटो उद्दार गर्न सम्बन्धि सरोकारवाला सबैमा जानकारी गराउदछौं।

प्रतिक्रिया