अँकित कुमार सिंह
(जीवशास्त्री , महेन्द्र बहुमुखी क्याम्पस)

कोरोना भाइरस एउटा बिषाणु हो, जसले मानिसमा श्वास प्रश्वासको रोग लगाउँछ । यो रोग चीनको वुहान शहरबाट डिसम्बर २०१९ मा फैलिएर अहिले पुरै बिश्वमा पुगेको अवस्था छ । बिश्वभरी फैलिएपछि यो रोगलाई Pandemic अर्थात महामारी भनिएको हो । कोभिड–१९ मानिसबाट मानिसमा सर्ने रोग हो, जसले मानिसमा सामान्य रुघाखोकी देखि निमोनिया जस्तो संक्रमण गराउँछ ।
संरचनात्मक हेर्दा यसको चारैतिर प्रोटिन स्पाइक्स (किला जस्तो) जो कि क्राउनमा देखिने भएकोले यसको नाम कोरोना भाइरस परेको छ । कोभिड–१९ नयाँ प्रजातिको भाइरस हो यो भन्दा अगाडी पनि कोरोना भाइरसको को अर्को प्रजातिबाट पनि संक्रमण फैलिएको थियो । जसको नाम सार्स (SARS) Severe acute respiratory syndrome हो जुन सन् २००३ मा चीन मा देखापरेको हो र त्यसपछि मार्स (MERS)Middle east respiratory syndrome साउदी अरबमा (२०१२)मा देखापरेको थियो तर नोभेल कोरोना भाईरस जस्तो विश्व भरि महामारी जस्तो भएन।
कोभिड–१९ का केहि लक्षणहरु निम्न प्रकार रहेका छन् ।
१. रुघाखोकी, हाछ्यु आउने ।
२. स्वास फेर्न गाह्रो हुने ।
३. ज्वरो आउने (१०४º भन्दा माथि)
४. यो सामान्य लक्षणदेखि तीब्र स्वास प्रस्वाससम्म गराउन सक्दछ ।
यो लक्षण देखापरेको अवस्थामा तुरन्तै नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउने ।
नोवेल कोरोना भाइरसबाट बच्ने उपायहरु :
१. ज्वरो र खोकी लागेको ब्यक्तिबाट टाढा रहने वा आफुलाई ज्वरो र खोकी लागेको
छ भने पनि अरु व्यक्तिबाट टाढा रहने र भएसम्म मास्कको प्रयोग गर्ने ।
२. खोक्दा वा हाछ्युँ गर्दा नाक, मुख, टिस्यु पेपरले वा कुहिनाले छोप्ने र प्रयोग
भएको वा गरेको टिस्यु पेपरलाई बिर्को भएको भाँडोमा फाल्ने ।
३. साबुन पानीले मिचिमिचि हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने ।
४. भिडभाड भएको ठाउँमा नजाने र हाथ मिलाउनुको सट्टा नमस्कार गर्ने ।
५. बिदेशबाट आएका व्यक्तिले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने ।
६. रोगसंग लड्ने क्षमता बढाउने फलफूल र खाना खाने । जस्तो
मनतातो पानी खाने ।
खानामा बेसार, जिरा, धनिया र लसुन प्रयोग गर्ने ।
बेसार राखिएको दुध खाने ।
माछा, मासु सफा गरेर पकाउने ।
व्यायाम र योगा गर्ने।
७.अतिआवशयक परेको मा बहिर जाँदा मास्क को प्रयोग गर्ने।
८.सामाजिक दुरी कायम गर्ने।
समाजलाई सन्देश
नोभेल कोरोना भाइरसको अहिलेसम्म भयक्सिन बन्न न सकेको कारणले यसबाट बच्ने उपाय सामाजिक दुरी कायम गर्ने र सामाजिक दुरी कम्तीमा ६ फिट हुनुपर्छ। सामाजिक सञ्जाल बाट धेरै कुरा हेर्दा मान्छेमा डर र त्रासको वातावरण सिर्जना हुन्छ त्यसैले गर्दा सही जानकारी लिनु पर्छ तपाईं हरुको जानकारी को लागि यो रोग सजिलै निको हुन्छ र सामान्य रुघाखोकी लाग्दैमा कोरोना हुन्छ भन्ने छैन ।
कोरोना हुनलाई माथि भनेको लक्षण सँगसँगै विदेश बाट आएका हिस्ट्री हुन साथै मेडिकल साइन्स बाट लैब मा जाँच गरेपछि PCR पोजिटिभ हुन्छ पर्छ र मात्रै कोरोना को पुष्टि हुन्छ त्यसैले डराउनु पर्ने केही छैन ।
घर मा बसेर हामी सबै मिलेर यो रोग सँग जित्न सक्छौ त्यसैले घरमा बसौं र स्वास्थ्य रहौं।










